जनकपुरधाम सबैका लागि प्रेरक – प्रधानमन्त्री देउवा

Janakpurजनकपुरधाम, कात्तिक २२ गते । जनकपुरधाममा आज एकै दिनमा एक करोडभन्दा अधिक पार्थिव शिवलिङ्ग बनाई पूजन महायज्ञ गरी नयाँ कीर्ति कायम गरिएको छ ।

विश्वमै पहिलो पटक एकै दिनमा एक करोडभन्दा अधिक पार्थिव शिव पूजनको कीर्ति कायम गर्न देश र विदेशका लाखौं आस्थावान्को जनकपुरधाममा आगमन भएको थियो ।

प्राकृतिक विपद्बाट रक्षा तथा सुख, शान्ति, कल्याण र धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यले जनकपुधामको बाह्र विघा (रङ्गभूमि मैदान )सो महायज्ञको आयोजना गरिएको थियो ।

पार्थिव शिवलिङ्ग बनाउने कार्यमा भारतको प्रसिद्ध शिवतीर्थस्थल बाबाधाम जाने नेपाल र भारतका आठ हजारभन्दा अधिक आस्थावान्को सहभागिता रहेको थियो ।

सो कीर्ति कायम गर्न बाह्र विघामा दुई लाख वर्ग फिटको पण्डाल र एक सय आठ कुण्ड निर्माण गरिएको थियो ।

मानस तथा बोलबम परिवारद्वारा आयोजना गरिएको सो महायज्ञमा भारतको सिमरियाबाट एक टयाङ्कर गंगाजल र दुई ट्रक पूmलको व्यवस्थापन गरिएको थियो ।

सो अवसरमा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवाले जनकपुरधाम सबैका लागि प्रेरक भएको प्रसङ्ग उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री देउवाले सबै धर्मको सम्मान र रक्षा आजको आवश्यकता भएको पनि बताउनुभयो ।

परिवारका अध्यक्ष ललन ठाकुरले आठ हजारभन्दा अधिक आस्थावान्द्वारा बनाइएको एक करोड ७५ लाख पार्थिव शिवलिङ्गको एक हजार एक सय बाह्मणद्वारा एकै चोटि एकै समयमा वैदिक विधानअनुसार पूजन गरिएको बताउनुभयो ।

मूल व्यवस्थापन समितिका अध्यक्ष डा. अभयकान्त मिश्रले १४ वर्षअघि जनकपुरधामको रत्नसागर मन्दिरमा एक लाख महादेवको पूजा गर्ने बेलामा नै एक करोड महादेवको पूजा गराउने सङ्कल्प लिइएको प्रसंग उल्लेख गर्नुभयो ।

त्रेता युगमा राजा जनकले छोरी सीताको विवाहका लागि स्वयम्बरको आयोजना बाह्र विघामै गराउनुभएको र स्वयम्बरमा शिव धनुष नै राखिएको र सोही स्थलमा कोटी पार्थिव शिव पूजनको संकल्प सार्थक भएको बताइएको छ ।

पार्थिव शिवलिङ्ग बनाउन पण्डालमा समूहगत रूपमा व्यवस्थापन गरी सोका लागि चाहिने माटो जनकपुरधामकै प्रयोग गरिएको थियो । शिव हवनमा २१ क्विन्टल अक्षता, आठ क्विन्टल तिल, चार क्विन्टल जौ र चार क्विन्टल घीउको व्यवस्था गरिएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter