आर्थिक अभावले उपचारमा बाधा

Health Ministryबागलुङ, कात्तिक २३ गते । घाँटीको क्यान्सरबाट पीडित गलकोट नगरपालिका–७ सिरवारेकी ५४ वर्षीया कौशिला दर्जीको उपचारमा आर्थिक अभाव भएको छ ।

क्यान्सरको उपचारका लागि किमो गर्न नसकेपछि दर्जीका परिवारले सहयोगको याचना गरेका छन् ।

दर्जी गत जेठ २४ गतेदेखि भरतपुर क्यान्सर अस्पतालमा उपचाररत हुनुहुन्छ । “ऋण काढेर चार पटक किमो चढाइयो, अझै दुई वटा चढाउनलाई पैसा छैन”, दर्जीका श्रीमान् टेकबहादुर दर्जीले भन्नुभयो ।

एउटा ‘किमोका लागि रू ४० हजार खर्च हुने गरेको उहाँको भनाइ छ । चिकित्सकले रोग निको हुने बताए पनि उपचार गर्न नसकिने हो कि भन्ने चिन्तामा दर्जीका श्रीमान् र आफन्तजन छन् । नाताले भाइ पर्ने खेमराज भित्रीकोटीको पहलमा गाउँमा सहयोग जुटाएर दर्जीको उपचार शुरु गरिएको थियो । “थप सहयोग जुट्छ कि भनेर सदरमुकामसम्म पनि गयौँ, तर अपेक्षा गरेजस्तो भएन”, भित्रीकोटीले भन्नुभयो ।

निःसन्तान दर्जी दम्पतीको पैसा आर्जन गर्ने बाटो नभएपछि उपचारमा बाधा निम्तिएको हो । समयमै पैसा जुटाउन नसके अस्पतालले उपचाररत श्रीमतीलाई फिर्ता पठाउने हो कि भन्ने चिन्ताले दर्जीका श्रीमान् टेकबहादुरलाई पिर परेको छ ।

श्रीमती अस्पताल भर्ना भएकै दिन टेकबहादुरको घाँस काट्ने क्रममा लडेर हात भाँचिएपछि घर सम्हाल्न धौ–धौ छ । बिरामी दर्जीले भरतपुरमा रहेका आफन्तको घरमा बसी अस्पतालबाट किमो लिइरहनुभएको छ । उहाँको उपचारमा हालसम्म रु दुई लाखजति खर्च भएको र थप रु तीन लाख खर्च हुने जनाइएको छ ।

“घरको आम्दानी केही छैन, काम गरेर खाने हामीलाई यस्तो आइलाग्यो” टेकबहादुरले भन्नुभयो, “यस्तो कसैलाई नपरोस्, गरिबले उपचार गर्न पनि नसक्ने भयो ।”, टेकबहादुरले भन्नुभयो । (रासस)

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter