अस्वाभाविक खर्चको अनुगमन गर्न सरकारी निकायसँग आग्रह

Election Commissionकाठमाडौँ, कात्तिक २४ गते । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारमा राजनीतिक दल र उम्मेदवारबाट भइरहेको अस्वाभाविक खर्चको अनुगमन गर्न सम्बद्ध सरकारी निकायसँग आग्रह गर्नुभएको छ ।

निर्वाचन आयोगमा आज निर्वाचनको तयारी तथा निर्वाचन आचारसंहितासम्बन्धी उद्योग वाणिज्य क्षेत्रका सरकारी पदाधिकारी तथा उद्योगी व्यवसायीसँगको छलफलमा उहाँले निर्वाचनमा दल र उम्मेदवारबाट भएको अधिक नगद प्रवाहको अनुगमन गर्न नेपाल राष्ट्र बैंक तथा सम्पत्ति शुद्धीकरण अनुसन्धान र आन्तरिक राजश्व विभागलाई आग्रह गर्नुभयो ।

डा यादवले भन्नुभयो, “आयोगले तोकेको सीमाभन्दा अत्यधिक रुपमा खर्च भइरहेको छ भन्ने चर्चा छ, यसलाई कसरी नियन्त्रण गर्ने भन्ने चिन्ताको विषय हो, खर्चको स्रोत के हो, कहाँबाट आउँछ र त्यो करयोग्य आय हो होइन, त्यसको निगरानी सरकारी निकायबाटै हुनुपर्छ ।” डा यादवले दल तथा उम्मेदवारले आफ्नो सिद्धान्त र घोषणापत्रका आधारमा जनताको मन जित्नुपर्नेमा पैसाका आधारमा निर्वाचन जित्छु भन्ने सोचलाई निरुत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।

निर्वाचन आयुक्त नरेन्द्र दाहालले उद्योगी व्यवसायीले दल र उम्मेदवारका चुनाव चिह्नअंकित टिसर्ट, गञ्जीजस्ता सामग्रीको उत्पादन र वितरणमा आयोगले रोक लगाइसकेकाले आफू मातहतका संस्थालाई त्यस्ता सामग्रीको उत्पादन नगर्न नगराउनका लागि तत्काल निर्देशन दिन आग्रह गर्नुभयो । अर्का आयुक्त सुधीरकुमार शाहले राजनीतिक दल तथा उम्मेदवारलाई आर्थिक सहयोग बैंकमार्फत दिन आग्रह गर्नुभयो ।

छलफलमा उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधिले दल तथा उम्मेदवारलाई बैंकमार्फत सहयोग गर्न आफूहरू तयार रहेको तर त्यसरी दिइएको रकममा कर छुटको व्यवस्था हुनुपर्ने माग गर्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter