शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति होस्ः निर्वाचन आयोग

Election Commissionकाठमाडौँ, कात्तिक २५ गते । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन विरोधी गतिविधि हुन नदिई शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति गराउन सरकारसँग आग्रह गर्नुभएको छ ।

रिपोटर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा डा यादवले रुकुम र रोल्पामा उम्मेदवारमाथि भएको आक्रमणप्रति भन्नुभयो, “उम्मेदवार लक्षित आक्रमण दःुखद् हो, शुक्रबार र शनिबार(आज) भएका घटनाबाट हामी गम्भीर भएका छौंँ ।”

डा यादवले भन्नुभयो, यस्ता घटना कतै नहोस्, नदोहोरियोस् भनी गृह मन्त्रालयलाई सचेत गराउँदे यसबाट निर्वाचन नहोला कि भन्ने आशङ्का नगर्न सबैसँग आग्रह गर्नुभयो । सबै मतदाताले निर्भयपूर्वक निर्वाचनमा भाग लिन पाउनुपर्नेमा जोड दिँदै डा यादवले भोलि(आइतबार) उच्चस्तरीय सुरक्षा संयन्त्रको बैठक बोलाइएको जानकारी दिनभयो ।

उहाँका अनुसार मंसीर १० गते हुने पहिलो चरणको निर्वाचनका लागि आवश्यक पर्ने सबै तयारी पूरा भएको र दोस्रो चरणमा हुने निर्वाचनका लागि १५ जिल्लाका मतपत्र छापिइसकेको छ । लोकतन्त्रको स्थायित्वका लागि सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह गर्दै डा यादवले उम्मेदवारलाई पूर्णरुपमा आचारसंहिता पालना गर्न आग्रह गर्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter