काठमाडौंको भंगालमा स्पोर्टस् भिल्ला सञ्चालनमा

Sports Villaकाठमाडौंको बुढानिलकण्ठ नगरपालिका –८ स्थित सुन्दरवस्ती भंगालमा नौलिन स्पोर्टस् भिल्ला सञ्चालनमा आएको छ ।

अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका दुई वटा डबल र एउटा सिंगल टेनिस कोर्टसहितको नौलिन स्पोर्टस् भिल्ला शनिबार सञ्चालनमा आएको हो । उपप्रधानमन्त्री तथा उर्जामन्त्री कमल थापाले मनोज राणासँग टेनिस खेलेर स्पोर्टस् भिल्लाको शुभारम्भ गर्नुभयो ।

उद्घाटन कार्यक्रममा काठमाडौं–४ मा प्रतिनिधिसभा उम्मेदवारहरु नेपाली कांग्रेसका गगन थापा, नेकपा एमालेका डा. राजन भट्टराई र विवेकशील साझा पार्टीकी शुबुना बस्नेत, नेपालमा टेनिस खेल भित्र्याउने ९० बर्षिय हेम लामा, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला पनि सहभागी हुनुहुन्थ्यो ।

१ करोड २५ लाख रुपैयाँको लागतमा ६ महिना लामो समय लगाएर तयार पारिएको स्पोर्टस भिल्लामा विहान छ बजेदेखि नौ बजेसम्म टेनिस खेल्ने सुविधा छ । प्रापिटसहितको टेनिस कोर्टमा लाइटको समेत व्यवस्था छ । नौलिन स्पोर्टस् भिल्लाका प्रबन्ध निर्देशक किशोर थापाले टेनिस खेलाडीहरुको संख्या बढिरहेको र स्वस्थ्य रहनका लागि टेनिस खेल्नेको संख्या पनि बढेको तर स्तरीय कोर्टको अभावमा उनीहरु सामान्य कोर्टमा चित्त बुझाउन वाध्य भएका कारण प्रशिक्षकहरुको सुझाव अनुसार अन्र्तराष्ट्रिय मापदण्डमा आधारित कोर्ट बनाएको बताउनुभयो ।

५ रोपनी क्षेत्रफलमा फैलिएको स्पोर्टस् भिल्लामा खेलाडीहरुका लागि तीन जना प्रशिक्षक र आवश्यक संख्यामा बल ब्वाइको व्यवस्था गरिएको छ ।

उपप्रधानमन्त्री तथा उर्जामन्त्री कमल थापाले निजीस्तरबाट अन्र्तराष्ट्रियस्तरको कोर्ट निर्माणले टेनिस खेलको विकासमा ठूलो टेवा पुग्ने बताउनुभयो । पर्याप्त पार्किङ रहेको स्पोर्टस भिल्लामा गाडी धुने सुविधा समेत उपलब्ध छ ।

स्पोर्टस् भिल्लाले वार्षिक सदस्यता लिनेका लागि ४५ हजार तथा अन्यका लागि घण्टाको तीन सय रुपैयाँ शुल्क तय गरेको छ । स्कुल र कलेजका विद्यार्थीहरुका लागि भने छुट गरिने प्रबन्ध निर्देशक थापाले बताउनुभयो ।

स्पोर्टस् भिल्लामा टिनिस खेलका लागि आवश्यक सामाग्री पनि उपलब्ध छन् । खेलाडीहरुको माग अनुसार अन्य सुविधा क्रमशः थप गरिने प्रबन्ध निर्देशक थापाले बताउनुभयो । स्पोर्टस् भिल्लाको उद्घाटनका क्रममा टेनिसका प्रशिक्षक रामबहादुर तामाङलाई नगद १० हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।

प्रशिक्षक लामाले तीन वटा कोर्टसहितको स्पोर्टस् भिल्ला सञ्चालनमा आएसँगै कमजोर गुणस्तरका कोर्टमा पनि टेनिस खेल्न पालो पर्खनुपर्ने अवस्था न्युनिकरण गर्न ठूलो टेवा पुग्ने बताउनुभयो । उहाँले स्पोर्टस् भिल्लाबाट स्तरीय खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास लिएको पनि बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter