इञ्जिनियर फिर्ता हुँदा पुनः सर्भेक्षण प्रभावित

Reconstruction Womenगोरखा, कात्तिक २६ गते । यहाँका भूकम्प प्रभावित बस्तीमा भूकम्पले भत्किएका घर पुनः सर्भेक्षण गर्न खटिएका इञ्जिनियर फिर्ता भएपछि सर्भेक्षणको काम प्रभावित भएको छ ।

साउन २८ गतेदेखि गाउँमा परिचालन गरिएका २८ जना इञ्जिनियरलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय कार्यालयको निर्देशनमा जिल्लास्थित कार्यालयले फिर्ता बोलाएको हो ।

गोरखाका ११ स्थानीय तहका ११ हजार भूकम्पपीडितले घर भत्किए पनि निजी आवास निर्माण गर्न अनुदान नपाएको गुनासो गरेपछि पुनः सर्भेक्षणका लागि इञ्जिनियर खटाइएको थियो । काम सकिनुअघि नै इञ्जिनियर फिर्ता बोलाइएपछि गर्दा गर्दैको पुनः सर्भेक्षणको काम प्रभावित भएको छ ।

प्राधिकरणको गोरखास्थित कार्यालयका प्रमुख शिवलाल पौडेलका अनुसार २८ जनामध्ये १२ जना इञ्जिनियरले आफ्नो जिम्मेवारीअनुसार पुनः सर्भेक्षण करिब सम्पन्न गरिसकेका थिए भने १६ जनाले काम गर्दै थिए । एघार हजार ९६३ छुटेका घरमध्ये करिब चार हजार वटा घरको सर्वेक्षण गर्न बाँकी छ ।

इञ्जिनियरलाई शुरुमा दुई महिनाको नियुक्ति दिइएको थियो । काम नसकिएपछि फेरि १५ र सात दिन थप गर्दापनि पुनः सर्भेक्षण नसकिएपछि इञ्जिनियरलाई फिर्ता गरिएको कार्यालय प्रमुख पौडेलले बताउनुभयो । निर्वाचित वडाध्यक्षले आफ्नो वडाभित्र छुटेका घरको सूची दिन नसक्दा काम प्रभावकारी बनाउन नसकिएको उहाँको भनाइ थियो ।

सर्वेक्षणमा खटिएका इञ्जिनियरलाई युनोभेस नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत परिचालन गरिएको र युनोभेसले प्राधिकरणसँग गरेको सम्झौता अवधि सकिएकाले पनि काम नसकिँदै इञ्जिनियर फिर्ता बोलाउनुपरेको कार्यालय प्रमुख पौडेलले जानकारी दिनुभयो । अर्कोतर्फ चुनाव नजिकिएकाले पनि इञ्जिनियर फिर्ता बोलाइएको हुनसक्ने बताइएको छ ।

तीन हजार ५०० घर बने

भूकम्प गएको तीन महिनाभन्दा धेरै भइसकेको छ । यस अवधिमा गोरखामा तीन हजार ५०० वटा भूकम्प प्रतिरोधी घर निर्माण भइसकिएका छन् । सरकारी अनुदान रू तीन लाख लिएर घर बनाउनेको संख्या थपिँदै गए पनि घर भने बनिसकेका छैनन् ।

जिल्लास्थित शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयकी ई सुनिता श्रेष्ठका अनुसार अहिलेसम्म तीन हजार ५०० जना भूकम्पपीडित लाभग्राहीलाई तेस्रो किस्ता रकम दिइसकिएको छ ।

बाह्र हजार ७९१ जना भूकम्पपीडित लाभग्राहीले दोस्रो किस्ता र ५६ हजारजना लाभग्राहीले पहिलो किस्ताको रकम बुझेका छन् । निर्माण सामग्री, दक्ष कामदारको अभाव एकातिर छ भने यो वर्ष निर्वाचन नै निर्वाचन हुँदा पनि पुनःनिर्माणको काम प्रभावित बनेको भूकम्पपीडित बताउँछन् । (रासस)

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter