उच्चस्तरीय निर्वाचन सुरक्षा समिति बैठक : पूर्ण सुरक्षा प्रदान गर्न सक्षम रहेको निष्कर्ष

Election Commissionकाठमाडौँ  / कार्तिक २६ : निर्वाचन आयोगले रुकुम र रोल्पामा भएका घटनालाई लिएर सुरक्षामा उत्पन्न भएको संवेदनशीलता, निर्वाचन सुरक्षा योजना र समग्र शान्ति सुरक्षाको विद्यमान अवस्थाबारेमा विस्तृतरुपमा छलफल र समीक्षा गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त आयोधीप्रसाद यादवको उपस्थितिमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकमा सुरक्षा निकायले प्रस्तुत गरेको सुरक्षा कार्ययोजना र प्रतिबद्धताबाट राजनीतिक दलका नेता, उम्मेदवार र मतदाताको पूर्ण सुरक्षा प्रदान गर्न सुरक्षा निकाय सक्षम रहेको निष्कर्ष निकालिएको छ ।

बैठकमा रुकुम र रोल्पामा भएको पछिल्लो घटनासहित पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थाको समीक्षा र मूल्याङ्कन गरिएको प्रमुख निर्वाचन आयुक्त यादवले जानकारी दिए । बैठकमा उम्मेदवार केन्द्रित घटनाहरूलाई नियन्त्रण गर्न सुरक्षा निकायहरूले थप प्रभावकारी कार्ययोजना र प्रयासका साथ परिचालन हुनुपर्ने विषयमा समेत बैठकमा छलफल भएको थियो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन सुरक्षा योजना र बैठकमा सुरक्षा निकायहरूबाट प्रस्तुत निर्वाचन सुरक्षा कार्ययोजना र प्रतिबद्धताबाट निर्वाचनको सुरक्षाप्रति आयोग विश्वस्त रहेको बताए । उनले आगामी दिनमा त्यस्ता घटना नघट्ने र उम्मेदवार तथा राजनीतिक दलका नेताहरूले सुरक्षित रुपमा प्रचार गर्ने वातावरण बन्ने विश्वास आयोगले लिएको छ भने ।

नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीबाट स्थानीय तहका निर्वाचनको सफल सुरक्षा कार्ययोजनाले सबैलाई शान्ति सुरक्षाप्रति आश्वस्त तुल्याएको प्रमुख निर्वाचन आयुक्त यादवको भनाइ थियो ।

सुरक्षा समितिका संयोजक सुधीरकुमार साहले हिमाली तथा पहाडी जिल्लामा यातायात र सञ्चार सेवा प्रभावकारी नभएको स्थानमा ती सेवालाई चुस्त तुल्याउने र भरपर्दो सुरक्षा प्रत्याभूति गराउने सुरक्षा कार्ययोजनालाई आवश्यकताअनुसार विश्लेषण गरेर अघि बढ्न निर्देशन दिए ।

बैठकमा निर्वाचन आयुक्त इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाह तथा गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, रक्षा मन्त्रालयका सचिव विनोद केसी, निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्याल, नेपाली सेनाका रथी पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मी सहभागी थिए । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter