हिन्दू राष्ट्रको माग गर्दै पशुपतिमा पूजा; नेपालमा बद्रीनाथ दर्शन गर्न पाइने

Pashupati Templeकाठमाडौँ, कात्तिक २७ गते । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले मुलुकमा हिन्दू राष्ट्रको माग गर्दै पशुपतिनाथको मन्दिरमा विशेष पूजा गरेको छ ।

आज पार्टी अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले मन्दिर परिसरमा पूजा शुभारम्भ गर्दै मुलुकमा पाँच हजार वर्ष पुरानो हिन्दू सभ्यता र संस्कृतिको अभ्यासलाई निरन्तरता दिन हिन्दू राष्ट्र कायम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

अध्यक्ष लोहनीले देशमा बढ्दै गएको वैदेशिक हस्तक्षेपलाई न्यूनीकरण गर्नुपर्नेमा जोड दिँदै राष्ट्रिय चरित्र भएका संस्था र राष्ट्रवादी दलकाबीच समन्वय गरी मुलुकको राष्ट्रियता बलियो बनाउने र जनतालाई आर्थिक समृद्धितर्फ उन्मुख गराउने उद्देश्यले आफ्नो पार्टीले विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी गराउनुभयो ।
पूजामा पार्टीका पदाधिकारी, नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

नेपालमा बद्रीनाथ दर्शन गर्न पाइने

बद्रीनाथको दर्शन अब नेपालमै गर्न सकिने भएको छ । वर्षेनी हजारौँ नेपाली बद्रीनाथ दर्शनका लागि ज्यानै जोखिममा राखेर भारत जाने गर्छन् । करोडौँको रकम भारत जाने गरेको छ ।

काठमाडाँैको नार्गाजुन नगरपालिका–६ स्थित रामकोटमा नारायण पोखरेल प्रतिष्ठानले बद्रीनाथको मन्दिर बनाउन लागेको हो । त्यसका लागि सरकारले प्रतिष्ठानलाई २३ रोपनी जग्गा दिएको छ । ९९ वर्षसम्म भोगचलन गर्न सकिने गरी बद्रीधाम निर्माणका लागि सरकारले रु ६ करोड पनि दिएको छ ।

प्रतिष्ठानका अनुसार श्रीमद्भागवत र सप्ताहबाट पनि रु ६ करोड उठेको छ तर धाम निर्माणका लागि यति मात्र बजेट पर्याप्त छैन ।

प्रतिष्ठानका संरक्षक अध्यक्ष दीनबन्धु पोखरेलले नेपालमै बद्रीधाम भएमा भारत जान नसक्ने तर दर्शन गर्न चाहने भक्तका लागि सजिलो हुने बताउनुभयो । उहाँले भन्नुभयो, “धाम निर्माण भएपछि नेपालको धर्मसंस्कृत विश्वभर फैलाउन, हाम्रो आफ्नै विचारलाई संसारसामु स्थापित गर्न हामीले काम गर्नेछौँ, नेपाललाई साधना भूमिका रुपमा चिनाउनुपर्छ, हाम्रो धर्म संस्कृति विश्वमा अनुपम छ ।”

प्रतिष्ठानका महासचिव डा विष्णु खनालले बद्रीधाम निर्माणका लागि जग राख्ने काम भइसकेको , अब मन्दिर निर्माण गर्दै बद्रीनाथको मूर्ति राख्ने र पूजा शुरु गर्ने लक्ष्य लिइएको बताउनुभयो ।

धार्मिक पुराणबाट जनतालाई विकास निर्माण, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा काम गर्ने थालनी पं नारायण पोखरेलले गर्नुभएको थियो । हाल प्रतिष्ठानका संरक्षक अध्यक्ष उहाँका सुपुत्र पुराणवाचक दीनबन्धु पोखरेल हुनुहुन्छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter