डेनमार्कबाट चियाको माग

Tea gardenताप्लेजुङ, कात्तिक २९ गते । गाउँमा हाते पत्तीका रूपमा चिनिने अर्थाेडक्स चियाको फाइदा मानिसको स्वास्थ्यका लागि धेरै छ भन्नेमा दुई मत नै छैन । मानिसको स्वास्थ्यमा यो चियाले पु¥याउने फाइदा त छँदैछ, यससँगै यो आर्थिक आयको गतिलो स्रोत समेत बनेको छ । यसरी भर्खरैदेखि ताप्लेजुङमा उत्पादन हुन थालेको अर्थोडक्स चिया अन्तर्राष्ट्रिय बजारमा माग हुन थालेको छ ।

ताप्लेजुङमा उत्पादित अर्थोडक्स चिया परीक्षणका लागि बेलायत, इटाली तथा डेनमार्कलगायतका देशमा पठाइएको थियो । परीक्षणको क्रममा गुणस्तरीय भेटिएपछि ठूलो परिमाणमा यसको माग आएको बताइएको छ । डेनमार्कका व्यवसायीले मात्र वार्षिक ३० हजार टन चियाको माग गरेका छन् । तत्काल उक्त माग पूर्ति गर्ने गरी ताप्लेजुङमा अर्थोडक्स चिया उत्पादन हुनसक्ने सम्भावना भने नरहेको चिया उत्पादकले बताएका छन् ।

चिया उत्पादन हुन थाले पनि सुरुमा राम्रो प्रविधि एवं चियाको बजार व्यवस्थापन नहुँदा र उत्पादित चियाको गुणस्तर बुझ्न नसक्दा केही व्यवधान आएको थियो । तर गुणस्तर मापन भइसकेपछि भने चिया खेतीप्रति उत्साह र हौसला थपिएको पाथीभरा चिया उत्पादक सहकारी संस्थाका व्यवस्थापक विदुर भट्टराईले बताउनुभयो ।
अहिले डेनमार्कका व्यवसायीबाट ठूलो परिमाणमा चियाको माग रहेको र चिया खेती विस्तारका लागि समेत सहयोग गरेपछि खेती विस्तारमा थप उत्साह जागेको भट्टराईको भनाइ छ, उहाँले भन्नुभयो, यहाँ चियाको सम्भावना रहेछ भन्ने बुझ्यौँ, अबचाहिँ यसको विस्तार, विकास र उत्पादनमा अघि बढ्छौँ । ठूलो परिमाणमा चियाको माग आए पनि अहिले वार्षिक सात सयदेखि एक हजार किलोग्रामसम्म मात्र चिया उत्पादन हुँदै आएको उहाँले बताउनुभयो ।

ताप्लेजुङमा उत्पादन हुने चिया अहिले ‘ग्रीन टी’ का लागि मात्रै प्रयोग हुँदै आएको छ । ग्रीन टी का लागि ‘दुई पात एक सुइरो’ टिपेपछि यहीँ प्रशोधन गरिँदै आएको सहकारी संस्थाका अर्का सदस्य मोहनकुमार राईले बताउनुभयो । राईका अनुसार ग्रीन टी हाल बेलायतमा रहेका गोर्खा सैनिक र काठमाडौँका केही व्यवसायीले लैजाने गरेका छन् । चियाको मूल्य भने प्रतिकेजी दुई हजार ५०० रुपियाँमा बिक्री भइरहेको उहाँले जानकारी दिनुभयो ।
महिनामा ती पटकसम्म चियाको मुना टिप्न सकिने र १० केजी हरियो मुनाबाट दुई केजी दुई सय ग्रामसम्म अर्थोडक्स चिया उत्पादन हुने बताइएको छ ।

यता माग बढेसँगै व्यक्तिगत जग्गामा पनि जिल्लाका किसानले चिया खेती लगाउन थालेका छन् । जिल्लाका अलैँची किसानले समेत चिया खेती लगाउन थालेको पाइएको छ । विगतमा अलैँचीको मूल्य राम्रो हुँदा अलैँचीतर्फ मात्र आकर्षित किसान अहिले अलैँचीको मूल्यमा निरन्तर गिरावट आउन थालेसँगै विकल्पमा चिया खेती लगाउन थालेका हुन् । अर्थोडक्स चियाको बजार माग राम्रो हुन थालेपछि विस्तारै चिया खेतीतर्फ किसान आकर्षित बन्दै गइरहेका छन् ।

गत वर्ष मात्रै फुङ्लिङका स्थानीय वेदनिधि पौडेलले आफ्नो निजी जमिन करिब सय रोपनी क्षेत्रफल बराबरको जमिनमा २१ हजार बिरुवा रोपेको बताउनुभयो । गत वर्ष रोपेको ठाउँमा केही बिरुवा मरेकाले यस वर्ष १० हजार बढी बिरुवा थप गरी २७ हजार पु¥याएको पौडेलले जानकारी दिनुभयो । त्यसै खेर गइरहेको पाखा जमिनमा चिया लगाउन सुरु गरेको छु, अहिले निकै सहजाएर बिरुवा आउँदैछ, पौडेलले भन्नुभयो ।

यस्तै अर्का किसान फुङ्लिङ नगरपालिका १० फुरुम्बाका बलराम भट्टराईले पनि ५० रोपनी निजी जमिनमा २६ हजार चियाको बिरुवा रोपेको बताउनुभयो । भट्टराईले अघिल्लो वर्ष २३ हजार र यो वर्ष तीन हजार बिरुवा थप गरेको बताउनुभयो । उहाँका भतिजा महेन्द्र भट्टराईले पनि यो वर्ष आठ हजार बिरुवा रोप्नुभएको छ । चिया खेतीको राम्रो सम्भावना साथै आम्दानी गर्न सकिने भएपछि किसानले इलामबाट बिरुवा खरिद गरी खेती विस्तार गर्न थालेका हुन् । उहाँहरूसँगै अन्य किसानले समेत जिल्लामा हालसम्म ३५० रोपनी बढी निजी जग्गामा चिया खेती बिस्तार भइसकेको
बताइएको छ ।

उचित प्रविधिको अभावमै भए पनि चिया खेती सुरु गरेको किसानको भनाइ छ । चियाको विषयमा सरकारी तथा गैरसरकारी निकायले पनि खासै चासो नदिएको र जिल्ला कृषि विकास कार्यालयमा सम्पर्क गर्दा समेत चिया खेती गर्नेका लागि प्राविधिक उपलब्ध नगराएको किसानको गुनासो छ ।
चियाको बिरुवा समेत आफ्नै लगानीमा इलामबाट ल्याउनुपर्ने भएको किसान बताउँछन् । इलामको साँखेजुङबाट बिरुवा प्रतिगोटा १२ रुपियाँसम्ममा खरिद गरेर खेती लगाएको स्थानीय किसान पौडेलले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter