दूधका उत्पादनमा विविधीकरण गर्न प्रोत्साहन

milk-collection_g-660x330फिदिम, कात्तिक ३० गते । पछिल्लो समय पाँचथरका किसानले दूधको बजार फराकिलो बनाउन यसको विविधीकरण गर्नुपर्ने रहेछ भन्ने थाहा पाएका छन् । यही मेसो धेरै किसानले धमाधम पछ्याउनसमेत थालेका छन् । यसतर्फ आकर्षित हुन थाल्ने किसानले राम्रो आम्दानी पनि गर्न थालेका छन् ।

पाँचथरका किसानले तरल दूधलाई ठोसमा परिणत गरेर विविधीकरण गर्ने गरेका हुन् । दूधका उत्पादनको विविधीकरण गरेर किसानले छुर्पी, घिउ, पनिर, चिज, खुवा (कुराउनी), ललीपपलगायत उत्पादन गरेका छन् । विविधीकरणले दूधको बजारीकणमा सहजीकरण गरिदिएको किसान बताउँछन् । अहिले किसानले खोलेका पाँचथर लुङ्रुपाको फान्टे, मिक्लाजुङको होममेड, नवमीडाँडाको जोरधारलगायत ४३ डेरी उद्योगले दूधको विविधीकरण गरिरहेका छन् । डेरी खुल्ने क्रम बढ्दो अवस्थामा रहेको समेत पाइएको छ । यसले दूधको माग उच्चदरले बढाएसँगै गाउँघरमा व्यावसायिक गाई, भैँसी पालन पनि बढाएको छ ।

विविधीकरणका कारण दूधको बजार फराकिलो बन्न थाल्दा पाँचथरमा दुग्ध उत्पादक सहकारी संस्था खुल्ने क्रम पनि बढेको छ । सरकारीमा आबद्ध हुने किसानद्वारा डेरी चलाएर सङ्गठित रूपमा पनि दूधको विविधीकरण गर्न थालिएको छ । जिल्लामा पौवासारतापमा महाभारा, रानीटारमा कालिका, रविमा उज्यालो गाउँ, अमरपुरमा कुम्भकर्णलगायत ठाउँमा २५ वटा दुग्ध उत्पादक सहकारी संस्था खुलिसकेका छन् । विविधीकरणले दूधको माग बढाएसँगै आपूर्ति पनि बढाउन किसानलाई प्रोत्साहित गरिरहेको नागिनका त्रिशक्ति दुग्ध उत्पादक सहकारी संस्था अध्यक्ष रिन्जी शेर्पाले बताउनुभयो । उहाँले प्रोत्साहनको रूपमा दूधालु गाई, भैँसी पालनमा किसानलार्ई पचास हजार रुपियाँसम्म ऋण दिने गरेको सुनाउनुभयो । विविधीकरण गर्न थालेपछि किसानले गाउँघरमै फ्याटको आधारमा बजारकै बराबर दूधको मूल्य पाउन थालेका बताइएको छ । फिदिम–९, लुम्फाबुङका कामधेनु डेरी सञ्चालक तिलमान सम्बाहाम्फेले पानी नहालेको दूध लिटरको ४० देखि ५० रुपियाँसम्ममा किनी दिने गरेको सुनाउनुभयो । lalipop

दूधको विविधीकरणमा प्रोत्साहित गरिएका किसान यसतर्फ आकर्षित हँुदा उनीहरूले लाभ लिन थालेका जिल्ला पशु सेवा कार्यालयका पशु सेवा प्राविधिक निरज भट्टराईले बताउनुभयो । उहाँले विविधीकरणले दूधको बजारीकरणमा पनि ठूलो सहयोग पुग्न थालेको सुनाउनुभयो । दूधको विविधीकरण गर्ने क्रममा बन्न जाने यहाँको छुर्पी अमेरीका, जापान, क्यानडा, कोरिया बिक्ने गरेको छ । घिउ, चिज, पनिर, खुवा, ललिपपलगायत नेपालकै विभिन्न ठाउँका होटल, पसलमा बिक्ने गरेको छ । छुर्पी चारसयदेखि नौसय, पनिर, चिज, खुवा, घिउ पाँच सय रुपियाँसम्ममा बिक्ने डेरी सञ्चालक बताउँछन् । पशु सेवा कार्यालयका अनुसार पाँचथरबाट वार्षिक चिज २४.९८, घ्यू १५.७२, छुर्पी १६.७२ र पनिर ४.७१ मेट्रिक टनसम्म उत्पादन भइरहेको छ । यतिको दुग्धजन्य वस्तुबाट वर्तमान बाजार भाउअनुसार साढे तीन करोड रुपियाँसम्म आम्दानी हुने देखिन्छ । यहाँ दुग्धजन्य वस्तुको उत्पादन मात्रा दूधको विविधीकरणसँगै बढ्दो क्रममा रहेको पाइएको छ । यसले दर्जनौको लागि रोजगारी सिर्जना हुनेगरि उद्योग उद्यम खोल्न प्रोत्साहित पनि गरिरहेको छ । पाँचथरमा भइरहेको दूधको विविधीकरणले व्यावसायिक गाई, भैँसी पालन गरे ओलन नबिक्ला भन्ने किसानमा पर्ने द्विविधा पनि हटाउँदै लगेको छ ।

विविधीकरण गरेर दूधको बजार फराकिलो पार्ने क्रम बढ्दो अवस्थामा रहँदा पनि पाँचथरमा उत्पादन हुने दूध अत्यन्तै न्यून मात्र बिक्री हुने गरेको पाइएको छ । जिल्ला पशु सेवा कार्यालयको तथ्याङकले पाँचथरमा उत्पादन हुने दूध अहिले कुल उत्पादनको दस प्रतिशत मात्र बिक्री हुने गरेको देखिन्छ । कार्यालयका अनुसार पाँचथरमा भैँसी, गाई र चौरीको वार्षिक जम्मा तीन करोड ७९ लाख ३६ हजार ९४ लीटर ३७ हजार अर्थात् ३७ हजार ९३६.०९ मेट्रिक टन दूध उत्पादन हुने गरेको छ । जसमध्ये जिल्लामा वार्षिक ४० लाख ३७ हजार ४० लीटर अर्थात् ४ हजार ३७.०४ मेट्रिक टनसम्म मात्र बजार जाने गरेको पाइन्छ । यो तथ्याङ्कले कुल उत्पादनको १०.६४ प्रतिशत मात्र जिल्लामा दूध किनबेच भइरहेको देखाउँछ । यति दूध डेरी, दूग्ध उत्पादक सहकारी संस्था र दुग्ध विकास संस्थानले किनेर खपतका साथै बिक्री–वितरण गर्ने गरेका छन् । बाँकी ८९.३६ प्रतिशत तीन करोड ३८ लाख ९८ हजार ९६० लिटर बजार नगइरहेको देखिएको छ । कतिपय दुर्गम क्षेत्रका उत्पादित दूध बजार अभावका कारण किसानले बेच्न नपाइरहेको देखिएको छ । ति क्षेत्रमा पनि दूधको विविधीकरण गर्ने उद्योग उद्यम खोल्न खोल्नन प्रोत्साहित गरे दूधको बजारीकरणले व्यापकता पाउने देखिन्छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter