नेपाल चीनको समृद्धिबाट लाभान्वित हुन सकोस्– चिनियाँ राजदूत

chinese-ambassadorकाठमाडौँ, मंसिर १ गते । नेपालका लागि चिनियाँ राजदूत यु होङले चीनको विकास र समृद्धिबाट नेपालले फाइदा लिन सक्नुपर्ने बताउनुभएको छ ।

चीनको बृहत् आयोजना ‘वन बेल्ट वन रोड’ (ओबिओआर) अवधारणामा नेपाल पनि सहभागी भइसकेकाले आगामी दिनमा यसबाट लाभान्वित हुन नेपालले व्यापार, लगानी तथा सम्पर्क सञ्जाललगायत अरु पनि क्षेत्रमार्फत लाभान्वित हुनुपर्नेमा धारणा उहाँले राख्नुभयो ।

‘चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ काँग्रेस र चीन नेपाल सम्बन्ध’ विषयमा नेपालस्थित चिनियाँ दूतावासले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले नेपाललाई चीनले समान व्यवहार, पारस्परिक सहयोग र साझा विकासका अवधारणाका साथ सहयोग गर्दै आएको जानकारी दिनुभयो ।

नेपाल पनि चीनको ओबिओआर आयोजनामा संलग्न हुनु, पछिल्लो समयमा नेपाल र चिनियाँ पक्षबाट उच्चस्तरीय भ्रमण आदानप्रदान हुनु, लगानी तथा नेपालमा रेलमार्ग निर्माणसम्बन्धी आयोजनाको सम्भाव्यताको अध्ययन हुनु, चीनमा पढ्न जाने विद्यार्थीको संख्या र नेपालमा आउने चिनियाँ पर्यटकको संख्यामा वृद्धि हुनुजस्ता कैयौँ अरु पनि कारणले चीन नेपाल सम्बन्ध पछिल्लो समय थप सुदृढ र सुमधुर हुँदै गएको उहाँले बताउनुभयो ।

राजदूत युले तातोपानी नाका तथा अरनिको राजमार्गको सहज सञ्चालन दुई देशको व्यापार प्रवद्र्धन र सम्बन्धको विकासमा पनि महत्वपूर्ण पक्ष भएकाले यसका लागि चिनियाँ पक्षले काम गरिरहेको जानकारी दिनुभयो ।

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ काँग्रेसपछि चीन आर्थिक, सामाजिक, सांस्कृतिक एवं अन्य विभिन्न हिसाबले नयाँ युगमा प्रवेश गरेको बताउँदै उहाँले यसबाट चीनको वैदेशिक सम्बन्धमा पनि नयाँ आयाम थपिने जानकारी दिनुभयो । “समृद्ध र विकसित नेपालको पक्षमा रहेको चीनले नेपालको विकास साझेदारका रुपमा आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने छ, समान व्यवहार र पारस्पारिक सहयोगका आधारमा आगामी दिनमा दुई देशको सम्बन्ध थप सुदृढ हुनेछ, उहाँले भन्नुभयो । चिनियाँ राजदूतले एक चीन नीतिका रुपमा नेपालले निर्वाह गर्दै आएको भूमिकाको सराहना गर्नुभयो ।

गएको पाँच वर्षयता चीनको आर्थिक विकास, स्वास्थ्य, शिक्षा, गरिबी निवारण, सामाजिक सुरक्षा, पूर्वाधारको निर्माण र विकासजस्ता कैयौँ क्षेत्रको उल्लेखनीय रुपमा विकास भएको तथ्यांक पनि उहाँले प्रस्तुत गर्नुभयो ।

चिनियाँ राष्ट्रपति सि चीन फिङको पहिलो कार्यकालमा अर्थात् गएको पाँच वर्षमा चीनको कुुल गार्हस्थ्य उत्पादनमा वृद्धि भएको, चिनियाँको जीवनस्तरमा वृद्धि भएको, आर्थिक तथा सामाजिक विकासका सूचाङ्कमा उल्लेख्य परिवर्तन भएको र विज्ञान प्रविधिका क्षेत्रमा विकास भएको फेहरिस्त पनि उहाँले सो अवसरमा प्रस्तुत गर्नुभयो ।

राजदूत युले कम्युनिष्ट पार्टीको काँग्रेसपछि चीनको आगामी कैयौँ दशकको विकासका लागि पनि नापनक्शा निर्माण गर्न सफल भएको जानकारी पनि दिनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter