विद्यार्थी नियमितता र गुणस्तरीय शिक्षाका लागि ५ बुंदे प्रतिवद्धता

schoolनेपालगञ्ज, मंसिर १ गते । नगरभित्रकै अधिकांश सरकारी विद्यालयमा विद्यार्थी अनियमित हुँदै गएको र गुणस्तरीय शिक्षाको समेत अभाव देखिएको ठहर गर्दै विद्यार्थी नियमितता र गुणस्तरीय शिक्षाका लागि सबै सरोकारवालाहरुले ५ बुंदे प्रतिवद्धता गरेका छन् । अभिभावक, शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समित र जिल्ला शिक्षा कार्यालयका कर्मचारीले आ आफ्नो जिम्मेवारीलाई ईमान्दारितापूर्वक पुरा गरेर गुणस्तरीय शिक्षामा योगदान पुर्याउन सो प्रतिवद्धता गरिएको हो ।

विद्यार्थी नियमितता र गुणस्तरीय शिक्षाका लागि विहिबार नेपालगञ्ज–१० स्थित युद्ध संस्कृत माविमा आयोजना गरिएको ‘शिक्षा संवाद’ कार्यक्रममा सहभागि शिक्षक, अभिभावक, बिद्यालय ब्यबस्थापन समितिका पदाधिकारी र जिल्ला शिक्षा कार्यालयका कर्मचारीले सो ५ बुंदे प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका हुन् । संवाद कार्यक्रममा सहभागि अभिभावक, शिक्षक, बिद्यार्थि, बिद्याय ब्यबस्थापन समित र जिल्ला शिक्षा कार्यालयका कर्मचारीविच भएको अन्तरक्रिया र छलफल पछि सामुहिक रुपमा ५ बुंदे प्रतिवद्धता तयार गरिएको थियो । बिद्यार्थी नियमितिता र गुणस्तरीय शिक्षाका लागि संवादमा सहभागि सबैले मिलेर तयार गरिएका प्रतिवद्धताहरुमा कक्षागत शिक्षकले हरेक महिना कक्षागत रुपमा अभिभावक भेला गर्ने, शिक्षक अभिभावक संघ र विद्यालय व्यवस्थापन समितिको नियमित बैठक बसेर छलफल तथा अन्तरक्रिया गर्ने, विद्यालय संचालन हुने अवधी भरी विहान १० देखि बेलुका ४ बजेसम्म नियमित कक्षा संचालन गर्ने, जिल्ला शिक्षा कार्यालयले नियमित निरिक्षण र अवलोकन गर्ने तथा तयार पारिएका प्रतिवद्धतालाई पुरा गर्ने रहेका छन् ।

सो कार्यक्रममा सहभागि अधिकांश अभिभावकले शिक्षक गैरजिम्मेवार भएको, बिद्यालयमा पढाई नहुने तथा बिद्यार्थिलाई हाफ टाइमपछि ध्यान नदिइने गरिएको जनाएका थिए भने शिक्षकले अभिभावक गैर जिम्मेवार भएको, अभिभावकले विद्यालयमा कहिलै नआउने तथा बालबालिकालाई घरमा नपढाउने जस्ता कारणले गुणस्तरीय शिक्षा दिन नसकिएको बताएका थिए । हाफटाइमपछि अधिकांश विद्यार्थी घर जाने र फर्केर नआउने कुरा शिक्षकले उठाएका थिए भने हाफटाइमपछि पढाईनै नहुने हुँदा आफुहरु विद्यालयमा नबस्ने बिद्यार्थीको भनाई थियो ।

सो अवसरमा जिल्ला शिक्षा कार्यालय बाँकेका सहायक जिल्ला शिक्षा अधिकारी गोर्ख बहादुर थापाले अभिभावक र शिक्षकले आफ्नो जिम्मेवारी पुरा गरेमा शिक्षालाई गुणस्तरीय बनाउन सहज हुने बताउनु भयो । उहाँले विद्यालयमा आउने विद्यार्थी टिकाउने दायीत्व शिक्षकको भएको र विद्यालय पठाउने दायीत्व अभिभावकको भएको पनि प्रष्ट पार्नुभयो । उक्त कार्यक्रममा अभिभावकहरु लक्ष्मी पन्त, सुरज हरिजन र ममता पन्तले विद्यालयले कडाई नगरेको र पठनपाठनमा लापरवाही गरेकोले समस्या आएको जनाउनु भएको थियो भने विद्यार्थीहरु गोविन्द पुनमगर, अन्जु चौधरी, बिद्या हरिजन र सरिता मगरले शिक्षकहरुको लापरवाहीले पढाई नियमित हुननसकेको गुनासो गरेका थिए । यसैगरी सो विद्यालयका प्रधानाध्यापक दिलिप कुमार श्रीवास्तव, शिक्षकहरु नारायण दत्त र सुशिला कोइरालाले आफुहरुले धेरै प्रयास गरेर पनि अभिभावकको बेवास्ताका कारण विद्यार्थीको उपस्थिती नै कम रहने गरेकोले पठनपाठन समेत प्रभावित भएको बताउनु भएको थियो । सो अवसरमा वडा नम्बर १० का वडा अध्यक्ष विन्दु भुषण बस्नेत, बाँके युनेस्को क्लबका वरिष्ठ उपाध्यक्ष सिराज खान, नेपालगञ्जका पूर्व मेयर विजय गुप्ता र श्रोत ब्यक्ति ईश्वर पौडेलले अभिभावक र शिक्षक दुबैले आ आफ्ना जिम्मेवारी पूर्ण रुपमा पालना गर्न सुझाव दिनु भएको थियो । सेभ द चिल्ड्रेनको सहयोगमा बाँके युनेस्को क्लबद्धारा आयोजना गरिएको सो संवाद कार्यक्रमको सहजीकरण पत्रकार राकेश मिश्रले गर्नुभएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter