मतदान अधिकृतलाई प्रशिक्षण; सुरक्षा निकायसँग छलफल

Electionबैतडी, मंसिर ३ गते । मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि बैतडीमा शुक्रबारदेखि प्रशिक्षण शुरु भएको छ । जिल्लामा दुई चरणमा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिइने भएको छ ।

मतदान केन्द्रमा गर्नुपर्ने काम, मतदातासँग गर्नुपर्ने व्यवहार, मतदान केन्द्रमा खटिएपछि गर्न नहुने कामका बारेमा जानकारी दिनका लागि सदरमुकाममा प्रशिक्षण शुरु गरिएको जिल्ला निर्वाचन अधिकारी माधव फुयालले जानकारी दिनुभयोे ।

पहिलो चरणको कार्यक्रममा मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी १९० जना सहभागी भएका छन् । जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयका विभिन्न पदका कर्मचारी छनोट गरेर प्रशिक्षण दिन लागिएको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।

यही मंसिर १० गते पहिलो चरणमा हुने चुनावका लागि एक हजार ४५० जना कर्मचरी खटाइने मुख्य निर्वाचनअधिकृतको कार्यालयले जनाएको छ । कर्मचारीको नामावली तयार पारिसकेको र मंसिर ५ गतेबाट मतदान केन्द्रमा कर्मचारी परिचालन गरिने बताइएको छ । बैतडीमा १८२ जना मतदान अधिकृत र १८२ जना सहायक मतदान अधिकृत निर्वाचनमा खटिने भएका छन् । एक लाख ३२ हजार ३१९ मतदाता रहेको बैतडीमा १२० मतदानस्थल रहेका छन् ।

सुरक्षा निकायसँग छलफल

निर्वाचन आयुक्त नरेन्द्र दाहालले आज सुनसरीको सुरक्षा निकाय र निर्वाचन अधिकृतसँग छलफल गर्नुभएको छ ।

निर्वाचनलाई स्वच्छ निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गर्नका लागि उहाँले छलफल गर्नुभएको हो । उहाँले आज चारवटै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृत, सुरक्षा निकायका प्रमुख, स्थानीय विकास अधिकारी, जिल्ला शिक्षा अधिकारीसहितका प्रमुख तथा प्रतिनिधिसँग छलफल गर्नुभएको हो ।

निर्वाचन आयुक्त दाहालले छलफलका क्रममा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि सबैलाई आ–आफ्नो ठाउँबाट पहल गर्न निर्देशन दिनुभयो । उहाँले अचारसंहिताको पूर्ण पालना गर्न गराउन र मतदानमा सबैलाई सहभागी हुने वातावरण सिर्जना गर्नसमेत निर्देशन दिनुभयो ।

आयुक्त दाहाललाई जिल्लाको अवस्थाका बारेमा जानकारी गराउँदै सरकारी अधिकारीले शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न गराउन तत्पर रहेको विश्वाससमेत दिलाउनुभएको थियो । छलफलमा निर्वाचन अधिकृत, स्थानीय विकास अधिकारी तुलसीबहादुर श्रेष्ठ, जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदी, निर्वाचन अधिकारी भक्तबहादुर भट्टराई, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरिया लगायतको उपस्थिति रहेको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance

Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401

Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa

Counter:
Web Counter