पशुपति आर्यघाटमा जलिरहे प्रकाश, प्रचण्डले दागवत्ती दिएपछि सम्झिरहे जनता; राष्ट्रपति र राजनीतिक नेताद्वारा प्रकाशलाई श्रद्धाञ्जलि

Final Rites of Prakashकाठमाडौँ, मङ्सिर ३ गते । आकस्मिक हृदयाघातका कारण निधन भएका छोरा प्रकाशको पार्थीव शरीरमा प्रचण्डले दागबत्ती दिएका छन् ।

पशुपति आर्यघाटमा प्रचण्डले प्रकाशको पार्थिव शरीरमा दागबत्ती दिएका हुन् । आकस्मिक हृदयाघातका कारण प्रकाशको आज बिहान लाजिम्पाटस्थित निवासमै निधन भएको थियो ।

सञ्चारमाध्यमका प्रतिनिधि पनि बिहानदेखि दाहालको अवस्था बुझ्न पुगेका थिए । झापामा रहनुभएका अध्यक्ष दाहाल बिहान हेलिकप्टरबाट काठमाडाँै आउनुभएको थियो । उहाँ भावुक हुँदै करिब १२ः३० बजे छोरा निधन भएको अस्पताल नर्भिक पुग्नुभएको थियो । नेता दाहाल पुगेपछि मात्र अस्पतालले औपचारिक रुपमा निधन भएको जानकारी पत्रकार सम्मेलनमार्फत दिएको थियो ।

राष्ट्रपतिबाट समवेदना प्रकट

राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सुपुत्र तथा नेकपा ९माओवादी केन्द्र०का पोलिटब्युरो सदस्य प्रकाश दाहालको आकस्मिक तथा असामयिक निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ माधव शर्माको नेतृत्वमा सचिवालयका पदाधिकारीहरुको एक समूहले आज माओवादी केन्द्र मुख्यालय, पेरिसडाँडामा अध्यक्ष प्रचण्डसँग भेट गरी राष्ट्रपतिका तर्फबाट दुःख प्रकट गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट ग¥यो ।

समूहले स्व दाहालको पार्थिव शरीरमा श्रद्धाञ्जलि प्रकट ग¥यो । समूहमा राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ डा मदनकुमार भट्टराई, राजनीतिक विज्ञ सुशील प्याकुरेल तथा राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारी हुनुहुन्थ्यो ।

राजनीतिक नेताद्वारा प्रकाशलाई श्रद्धाञ्जलि

पूर्वप्रधानमन्त्री दाहालका सुपुत्र तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रकाशप्रति राजनीतिक दलका नेताहरूले श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

माओवादी केन्द्रको पेरिस डाँडास्थित पार्टी कार्यालयमा उहाँप्रति श्रद्धाञ्जलि दिइएको माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । अध्यक्ष दाहालले पार्टीको झण्डा ओढाई सुपुत्र प्रकाशप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेस, नेकपा(एमाले), माओवादी केन्द्रलगायतका सबै उच्च नेताले पेरिस डाँडामा पुगेर दाहालप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । प्रकाशप्रति श्रद्धाञ्जलि व्यक्त गर्न काँग्रेस नेता तथा उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ, एमालेका नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, नेकपा(क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, प्रवक्ता नेता तथा मन्त्री जनार्दन शर्मा, मन्त्री कृष्णबहादुर महरालगायत सबै नेता पेरिसडाँडा पुग्नुभएको थियो ।

प्रकाशको श्रद्धाञ्जलिका लागि अहिले पार्टी कार्यालयमा भीड लागेको छ । प्रकाशलाई पेरिसडाँडामा श्रद्धाञ्जलिपछि आज पशुपति आर्यघाटमा दाहसंस्कार गरिने माओवादी केन्द्रका प्रवक्ता भुसालले जानकारी दिनुभयो ।

पेरिस डाँडा लैजानु अगाडि प्रकाशको निधनको खबर पाएपछि बिहानैदेखि थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा शुभचिन्तकको भीड लागेको थियो ।

हृदयाघात भएपछि बिहान पौने ६ बजे नर्भिकमा ल्याइएका प्रकाशको निधनको खबर बिहानै सामाजिक सञ्जालमा फैलिएपछि शुभचिन्तकको भीड लागेको थियो । अस्पतालले भने निधनको घोषणा मध्याह्न १२ बजेतिर मात्र गरेको थियो ।

अस्पताल परिसरमा कलाकारदेखि विभिन्न पार्टीका नेता कार्यकताको भीड लागेको थियो । माओवादी केन्द्र, एमाले, काँग्रेसलगायत अन्य दलका नेता पनि प्रकाशको निधनको खबर थाहा पाएर नर्भिक अस्पताल पुगेका थिए ।

माओवादी केन्द्रका नेता भुसाल, वर्षमान पुन एमालेका वरिष्ठ नेता झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल काँग्रेसका नेता प्रकाशमान सिंह, डा प्रकाशशरण महत, नायक शिव श्रेष्ठ, रेखा थापालगायत निधनको खबरले बिहानै नर्भिक पुग्नुभएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter