निर्वाचनलाई सफल तुल्याउन सबैको योगदान आवश्यकः प्रमुख निर्वाचन आयुक्त

Chief Election Commissionerकाठमाडौँ, मङ्सिर ३ गते । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी निर्वाचनलाई सफलरुपमा सम्पन्न गर्न नागरिक समाजलगायत सबैको योगदान आवश्यक रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सन्दर्भमा नागरिक समाजका अगुवासंग आज आयोगले गरेको अन्तरक्रियामा उहाँले हामी सबै मिलेर निर्वाचनलाई सफल तुल्याउने कर्तव्य र दायित्व पूरा गर्नुपर्छ भन्नुभयो ।

प्रमुख निर्वाचन आयुक्त डा यादवले मतदाता शिक्षा, आचारसंहिता र सुरक्षाको विषयमा दिएका सुझावलाई निर्वाचन आयोगले गम्भीररुपमा हेरिरहेको बताउनुभयो ।

पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले निर्वाचन आचारसंहिता पालना गराउने सन्दर्भमा आयोगले निर्णय गर्ने क्षमता राख्दछ भन्ने सन्देश प्रवाह गर्न आवश्यक छ भन्नुभयो ।

अर्का पूर्वप्रमुख निर्वाचन आयुक्त केशवराज राजभण्डारीले अहिलेको मुख्य विषय भनेको सुरक्षाको प्रश्न भएकाले यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउन आवश्यक छ भन्नुभयो ।

पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचन सवै नेपालीको भएकाले यस महाअभियानलाई सफल तुल्याउनु सबैको जिम्मेवारी हो बताउनुभयो ।

अर्का पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले तीन वटा मतपत्रकाकारण मतदाता दोधारमा रहने अवस्था अन्त्य गर्न तथा मतपेटिका सुरक्षितरुपमा राखेको छ भन्ने प्रत्याभूति मतदाता र उम्मेदवारलाई दिलाउन सक्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

लोकसेवा आयोगका पूर्व अध्यक्ष तीर्थमान शाक्यले निर्वाचन प्रचार प्रसारको शैलीमा सुधार आएको भए पनि बदलिँदो समयअनुसार आचारसंहितालाई परिमार्जन गर्ने बेला भइसकेको बताउनुभयो ।

पूर्वमुख्यसचिव डा विमल कोइरालाले आचारसंहिता पालनामा आयोगले कडाइका साथ काम गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।

निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहित, धाँधलीरहित र विश्वासनीयरुपमा कार्यसम्पादन गर्न गराउन सबैबाट प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

प्राध्यापक कृष्ण खनालले निर्वाचन आयोगलाई मतदाता संख्यालगायतका तथ्य र तथ्यांक वेभसाइटमा सजिलोसँग भेट्न सक्ने गरी राख्न सुझाव दिँदै समानुपातिक उम्मेदवारको छनोट हुने प्रणालीबारे जानकारी गराउनु आवश्यक छ भन्नुभयो ।

डा नोवलकिशोर राईले आचारसंहिता उल्लङ्घन गर्नेलाई कारबाही गर्न र मतदाता शिक्षामा अझै कमजोरी देखिएकाले सुधारको खाँचो औल्याउनुभयो ।

सविधानविद् डा चन्द्रकान्त ज्ञावलीले निर्वाचन आचारसंहिता विपरीत सरकार विस्तार हुँदा आयोगले त्यस विषयमा प्रभावकारीरुपमा प्रस्तुत हुन नसकेको धारणा व्यक्त गर्नुभयो ।

नेपाल चेम्बर्स अफ कमर्शका प्रतिनिधि कमलेश अग्रवालले उम्मेदवारले गर्ने निर्वाचन खर्चमा आचारसंहितालाई कडाई गर्न सकेको खण्डमा उद्योगी व्यवसायीलाई समेत राहत मिल्ने विचार व्यक्त गर्नुभयो ।

सो अवसरमा निर्वाचन आयोगका सहसचिव नवराज ढकालले निर्वाचनका लागि भइरहेको तयारीकाबारेमा जानकारी गराउनुभएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter