मेलम्चीको सुरूङ खन्न अझै दुई महिना

melamchiलक्ष्मण दर्नाल / काठमाडौँ, मङ्सिर ८ गते । काठमाडौँ उपत्यकाका लागि शुद्ध खानेपानी आपूर्ति गर्ने महìवकाङ्क्षी आयोजनाका रूपमा रहेको मेलम्चीको सुरुङ खन्न अझै दुई महिना लाग्ने भएको छ ।

मेलम्ची खानेपानी विकास समितिले जनाएअनुसार सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट पानी ल्याउने सुरुङ खन्न एक किलोमिटर मात्र बाँकी रहेको छ र त्यसका लागि कम्तीमा दुई महिना लाग्ने अनुमान गरिएको छ । सुरुङको लम्बाई २७.५ कि.मी लम्बाइ रहेको छ ।

मेलम्चीको ग्याल्थुम–अम्बाथान खण्डमा तीन सय ५४ मिटर सुरुङ खन्न बाँकी छ भने ग्याल्थुम सिन्धु खण्डमा सात सय ४४ मिटर खन्न बाँकी रहेको समितिका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले जानकारी दिनुभयो । सिन्धु खण्डमा आगामी २०१८ को जनवरी र अम्बाथान खण्डमा यही डिसेम्बरमा सुरुङको ब्रेक थ्रु गर्ने दावी विकास समितिको गरेको छ ।

सुरुङ खन्ने काम सम्पन्न भइसकेपछि त्यसलाई पक्की ढलान गरेर अन्तिम रुप दिइने भएको छ । हाल खनिएको सुरुङमध्ये २.५ कि.मी सुरुङको ढलानसहित अन्तिम रुप दिइने कार्य सम्पन्न भइसकेको छ । थप नयाँ मेसिन आएपछि दैनिक दुई÷तीन सय मिटर ढलान गर्नसकिने निर्देशक दुवाडीको भनाइ छ ।

समितिले पुस महिनासम्ममा सुरुङको ब्रेक थ्रु गर्न सकियो भने चैत्र अन्तिममा पानी ल्याउन सकिने जनाएको छ । समिति र निर्माण कम्पनी बीचको सम्झौता अनुसार सुरुङ सम्पन्न गर्ने अवधि पनि सन् २०१८ मार्च २६ रहेको छ ।

निर्देशक दुवाडीले भन्नुभयो ‘‘नयाँ वर्षमा ल्याउने गरी कामको गतिलाई बढाएका छौँ । हामीले प्राविधिक हिसाबमा सम्भव देखेका छौँ, निर्माण कम्पनीले पनि चाहेमा समयमै काम गर्न सम्भव छ । ’ सुरुङको भित्ता र भुईं पक्की ढलान गर्न कम्तीमा तीन महिना लाग्ने समितिले जनाएको छ । सुरुङ हुँदै ल्याएको पानीलाई सुन्दरीजलमा प्रशोधन गरिने छ । प्रशोधन केन्द्रको निर्माण सम्पन्न गरी परीक्षण पनि गरिएको छ । प्रशोधन केन्द्रले दैनिक आठ करोड लिटर पानी प्रशोधन गर्नेछ ।

Related News

Comments are closed

TOP NEWSview all

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food

Terai Arc Landscape recognized as World Restoration Flagship




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter