पचास हजार युवालाई स्वरोजगार बनाइने

Youthsपाल्पा, मंसिर १० गते । युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक डा विष्णुप्रसाद गौतमले एक वर्षको अवधिमा ५० हजार युवालाई स्वरोजगार बनाउने बताउनुभएको छ । उहाँले देशभरका सहकारीमार्फत बिनाधितो कर्जा परिचालन गरी बेरोजगार युवालाई स्वरोजगार बनाउन सहकारीको साथ आवश्यक रहेको छ भन्नुभयो ।

पाल्पा जिल्लाको बगनासकाली गाउँपालिकास्थित सृजना सहकारी संस्थाको १७औँ साधारणसभामा शनिबार निर्देशक गौतमले हालसम्म ४५ हजार युवालाई स्वरोजगार बनाइसकेको बताउनुभयो । यसका लागि ७५३ स्थानीय तहमा नमूना कार्यक्रम सञ्चालन गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो ।

कोषले सहकारीलाई पहिलो चरणमा रु ५० लाखसम्म थोक कर्जा प्रवाह गर्दै आएको छ । दोस्रो चरणमा युवा स्वरोजगार कोषको कर्जा माग गर्ने सहकारीलाई रु ७५ लाखसम्म थोक कर्जा प्रदान गर्दै आएको छ । २०६५ सालदेखि स्थापना भएको युवा तथा साना व्यवसायी स्वरोजगार कोषले लगानी गरिएका व्यवसायको बीमासमेत गर्दै आएपछि कोषको कर्जा सहकारी र बेरोजगार युवा आकर्षित भएका छन् । कोषले असल ऋणी तथा नियमित साँवा ब्याज तिर्नेलाई १० प्रतिशत ब्याजदरमा समेत ६० प्रतिशत ब्याज अनुदान दिँदै आएको उहाँले बताउनुभयो ।

सहकारीका अध्यक्ष कृष्ण भुसालले युवा स्वरोजगार कोषको कर्जा बेरोजगार युवालाई लगानी गरी अहिले आत्मनिर्भर बनाइएको बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter