करेसाबारीबाटै जीविकोपार्जन

Vegetable farming Nepalओखलढुङ्गा, मङ्सिर १२ गते । ओखलढुङ्गाका ग्रामीण स्थानका महिला तरकारी खेतीमा जुट्न थालेका छन् । श्रीमान् वा घरमूलीप्रति आश्रित ग्रामीण समाजमा महिला तरकारी खेतीमा लाग्न थालेका हुन् । सुरुमा आफू र आफ्नो परिवारलाई मात्रै तरकारी पु¥याउन हम्मेहम्मे पर्ने हाम्रो जस्तो ग्रामीण समाजका महिला तरकारी खेतीमा जुटेपछि जीविकोपार्जन समेत गर्न थालेका छन् ।

ओखलढुङ्गाका ग्रामीण समाजका विपन्न परिवारका महिला व्यावसायिक तरकारी खेती गरेर अहिले आत्मनिर्भर हुन थालेका हुन् । उनीहरूले धेरथोर आफ्नै जग्गा जमिनमा तरकारी खेती गरिरहेका छन् ।

तरकारी खेतीमा अग्रसर भएपछि आम्दानी बढ्नुका साथै पारिवारिक जीवनमा खुसीयाली बढेको संलग्न महिलाको भनाइ छ । पहिले श्रीमान् माथि आश्रित आफूहरू तरकारी खेती गरेर कमाउन थालेको सुनकोसी–५ मूलखर्क, चाहलेकी अम्मकुमारी खत्री बताउनुहुन्छ । श्रीमानले मजदुरी गरेर कमाएको आम्दानीले घरखर्च टार्नसमेत धौधौ पर्ने र बालबच्चालाई पढाउन समेत गाह्रो भएका कारण आफू तरकारी खेतीमा लागि परेको खत्रीको भनाइ छ ।

नजिकै रहेको कोषभञ्ज्याङ र फलाटेभञ्ज्याङमा लाग्ने हटियामा आफूले लगाएको तरकारी बेचेर वर्षभरि बालबच्चालाई शैक्षिक सामग्री र घरायसी खर्च चलाउन पुगेको बताउँदैै उहाँले भन्नुभयो, अब श्रीमानसँग खर्च माग्नुपर्ने अवस्था छैन, केही बचाउन पनि सफल भएकी छु, आफ्नो कमाइले घरको खर्च धान्नुका साथै बालबच्चा पढाउन सजिलो भएको छ ।

खत्रीले चार वर्षदेखि निरन्तर करेसाबारी र थोरै जमिनमा तरकारी खेती गर्दै आउनुभएको छ । करेसाबारीको तरकारीको एक सिजनको आम्दानी बीस हजारभन्दा बढी नै हुन्छ । उहाँले वर्षमा तरकारी हटियामा लगेर र आफ्नो घरमै आउने ग्राहकलाई बेचेर पचास हजारसम्म बचत गरिरहनु भएको छ । मूलखर्ककी खत्री र आसपासका गाउँमा तरकारी खेती गर्दैआएका महिलाले उत्पादन गरेको तरकारी बजारीकरणमा भने समस्या रहेको छ ।

नजिकै रहेका दुईवटा हटिया बाहेक यहाँ कुनै बजार नहुँदा आफूहरूलाई समस्या रहेको स्थानीय महिला बताउँछन् । उनीहरूले कृषि हाट बजारमा लगेर मात्रै आफ्नो उत्पादन बिक्री गरिरहेका छन् ।

जिल्लामा खत्री त प्रतिनिधि पात्रमात्रै हुनुहुन्छ । यहाँका अधिकांश स्थानका महिला तरकारी खेतीमा आकर्षित हुन थालेका छन् । यहाँ पुरुष मजदुरी गरेर कमाइरहेका छन् भने हरेक गाउँका महिला तरकारी खेती गरेर घरखर्च र छोराछोरीलाई पढाइखर्च पु¥याइरहेका हुन्छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter