प्रेसमाथिको हस्तक्षेप क्षम्य हुन्न – अध्यक्ष आचार्य

FNJ Officeनेपालगञ्ज, मंसिर १३ गते । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रेसमाथिको हस्तक्षेप कुनै पनि बहानामा क्षम्य नहुने बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ, बाँकेअन्तर्गत गठित फ्रि मिडिया नेटवर्कद्वारा यहाँ आज आयोजित ‘पत्रकार सुरक्षा र चुनौती एवं प्रेस स्वतन्त्रता उल्लंघन’ विषयको एक छलफल कार्यक्रममा उहाँले सरकारका निकाय पत्रकार र समाचार संस्थामैत्री हुनुपर्नेमा जोड दिँदै यदि कसैबाट पत्रकारप्रति दुर्यव्यहार हुन्छ भने महासंघ चुप लागेर नबस्ने बताउनुभयो ।

उहाँले भन्नुभयो – “पत्रकार पनि मर्यादित हुनुपर्छ, जनताप्रति उत्तरदायी हुनुपर्छ, यदि त्यसो भयो भने प्रेस स्वतन्त्रताको उचाइ अझ बढ्छ ।”

त्यसअवसरमा महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवाल, जिल्ला अध्यक्ष ठाकुरसिंह थारु, पूर्वजिल्ला अध्यक्ष नीरज गौतम, प्रेम केसी, रुद्र सुवेदी, अधिकारकर्मी विश्वजीत तिवारी, टंक खनाललगायतका वक्ताले पत्रकारितालाई मर्यादित बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

यसैबीच, आजै यहाँ आयोजित प्रेस सेन्टर, बाँकेद्वारा प्रकाशित पहिलो ‘खबरदारी’ त्रैमासिक पत्रिकाको अध्यक्ष आचार्यले विमोचन गर्नुभयो । रासस

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*
Advertise Section 7

TOP NEWSview all

Clean Nepal is possible as over 23 million people are willing to contribute: Khem Sharma

Even though it’s late, victims will get something from the commission: Subedi

Cecil and Harambe; a lesson for Himalayan Republic

Trip Down under

We want real conversion of our students beyond religion: Fr. Boniface Tigga, Regional Superior of Nepal Jesuit Society




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Pratibedan Baidya