सबै तयारी पुरा: निर्वाचन आयोग; ढुक्क हुनुहाेस् ; सुरक्षा व्यवस्था मिलाइएको छ: नेपाल प्रहरी

Election Commission Press Conferenceकाठमाडाैं- प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गतको दोस्रो चरणमा बिहीवार ४५ जिल्लामा हुने मतदानको सबै तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन हुने ४५ जिल्लामा मतदान अधिकारी लगायतका कर्मचारीहरु र सुरक्षा व्यवस्थापन, मतदान सामग्रीहरु मतदान केन्द्रमा पुगिसकेको आयोगले जनाएको हो ।

बिहीवार हुने मतदानका लागि ४५ जिल्लामा १५ हजार ३ सय ४४ मतदान केन्द्र तय गरिएका छन् । निर्वाचनका लागि १ लाख ५५ हजार कर्मचारी परिचालन गरिएको आयोगले जनाएको छ । त्यसैगरी निर्वाचन सुरक्षाका लागि कूल १ लाख ७२ हजार सुरक्षाकर्मी परिचालन गरिएका छन् । निर्वाचनमा ४५ जिल्लाका प्रतिनिधि सभातर्फ १ सय २८ तथा प्रदेशसभातर्फ २ सय ५६ सिटका लागि मतदान हुदैछ । दोस्रो चरणको चुनावमा कुल ४ हजार ४ सय १२ उम्मेदवार चुनावी मैदानमा उत्रीएका छन् । बिहीवार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ । बिहीवारको निर्वाचनका लागि १ करोड २२ लाख ३५ हजार ९ सय ९० मतदाता छन् । निर्वाचन सुरक्षाका लागी पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी, र तेस्रोमा नेपाली सेना परिचालन हुने निर्वाचन आयोगले जनाएको छ ।

सुरक्षा व्यवस्था मिलाइएको छ: नेपाल प्रहरी

नेपाल प्रहरीले बिहीवार हुने निर्वाचनका लागि कडा सुरक्षा व्यवस्था गरिएको बताएको छ । बुधवार पत्रकार सम्मेलन गरेर प्रहरीले एउटा मतदान स्थलमा ६५ जना सुरक्षाकर्मी खटाइएको जानकारी दिएको छ । ‘थप सुरक्षाकर्मी र हवाई सुरक्षाको पनि प्रवन्ध मिलाइएको छ, प्रहरी प्रवक्ता मनोज न्यौपानेले भने, ‘ कुनै स्थानमा केही भएमा ५ मिनेटभित्रै सुरक्षाकर्मी पुग्ने व्यवस्था मिलाइएको छ ।’

निर्वाचनका लागिे बुथ सुरक्षा टोलीका अलावा पैदल टोली, मोबाइल टोली, सादा पोशाक टोलीलगायत रिजर्भ टोली खटाएको बताउदै प्रवत्ता न्यौपानेले नेपाल प्रहरीले निर्वाचनका लागी देशभर रहेका प्रहरी जनशक्तिको ९० प्रतिशत जनशक्ति खटाइएको जानकारी दिए ।

यसैबीच नेपाल प्रहरीले बिहीवार हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन बिथोल्ने काममा संलग्न भएको आरोपमा झण्डै एक हजार जनालाई नियन्त्रणमा लिएको बताएको छ । प्रहरीले निर्वाचन नजिकिएसँगै विभिन्न दलका नेता, उम्मेदवार तथा कार्यकर्तामाथि आक्रमण गरेको आरोपमा देशभरका विभिन्न स्थानबाट ९५७ जनालाई पक्राउ गरेको हो । नेपाल कम्युनिष्ट पार्टी विप्लवका ६०० र सिके राउत समूहका १३ जना तथा अन्य ३४४ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter