उद्योगी व्यवसायी भन्छन् : आर्थिक समृद्धिका लागि मतदान,लगानीका अवसरमा वृद्धि हुने विश्वास

FNCCIकाठमाडौँ , मंसिर २१ गते । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले मुलुक राजनीतिक स्थिरता र आर्थिक समृद्धिको चरणमा प्रवेश गर्ने भन्दै उद्योगी तथा व्यवसायीले खुसी व्यक्त गरेका छन् । राजनीतिक संक्रमणकालको अन्त्य भएर मुलुकमा अमनचयन कायम हुने र त्यसले एकाध वर्षमा आर्थिक उन्नतीको मार्ग प्रशस्त गर्ने उनीहरुको भनाइ छ ।

प्रमुख राजनीतिक दलले राजनीतिक क्रान्तिको युग सकिएको भन्दै आफ्ना घोषणापत्रमार्फत औद्योगिक वातावरण बन्ने, लगानीका अवसरमा वृद्धि हुने, बेरोजगारीको अन्त्य हुने र लगानीकर्तामा समेत विश्वास र आशा पैदा हुने चरणमा पुगेको भन्दै खुसी व्यक्त गरेका छन् ।

दलहरुले घोषणापत्रमा समेत महत्वकाक्षी आर्थिक समृद्धिको कार्यक्रम समावेश मात्रै गरेका छैनन्, आगामी पाँच वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय रु पाँच लाख पु¥याउने घोषणा गरेका छन् ।

उद्योगी व्यवसायीले दलका घोषणापत्रको स्वागत गर्दै मुलुक निर्वाचनको माध्यमबाट राजनीतिक स्थिरता प्राप्त गर्ने चरणमा प्रवेश गरेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले आफूले समृद्धिको पक्षमा मतदान गरेको प्रतिक्रिया दिए । मुरारकाले काठमाडौँको थापाथलीमा रहेको मतदान केन्द्रबाट मतदान गरेका थिए ।

उनले भने, “राजनीतिक एजेण्डा सकिएको छ, अबको मुख्य कार्यसूची आर्थिक समृद्धि हो, मलाई विश्वास छ राजनीतिक दल आर्थिक समृद्धिको यात्रामा लामवद्ध हुनेछन्, मैले आर्थिक समृद्धिका लागि मतदान गरे ।”

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले काठमाडौँ क्षेत्र नं– ५ स्थित बाँसबारी मतदान केन्द्रबाट मतदान गर्नुभयो । उहाँले देश औद्योगिकरुपमा समृद्ध हुनुपर्ने बताउँदै आफूले समृद्धशाली मुलुकका असल नागरिक हुने रहर पूरा हुने अपेक्षासहित मतदान गरको टिप्पणी गरे ।

गत वर्षदेखि मुलुकमा विद्युत्भार कटौतीको अन्त्य भएको छ । त्यसले औद्योगिक वातावरण तयार पारेको छ । आर्थिक वर्ष २०७३/७४ मा ६.९ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुन सक्यो । चालु आवमा ७.२ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य राखिएको छ । देशभर नै उद्योगी व्यवसायीमा थप उत्साह थपिएको छ ।

संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएर जनप्रतिनिधिले काम सुरु गरिसकेका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि राजनीतिक संघर्षको अध्याय सकिने र मुलुक आर्थिक समृद्धिको युगमा प्रवेश गर्ने कम्प्युटर एसोसियसन महासंघ नेपालका अध्यक्ष विनोद ढकाल बताउछन ।

उनले भने, “राजनीतिक स्थिरताका लागि आज मैले मतदान गरे, देशले आर्थिक निकास पाओस् । मुलुक समृद्ध बनोस् ।” उनले कालीमाटीस्थित जनप्रभात मावि मतदान केन्द्रबाट मतदान गरे ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) का अध्यक्ष शैलेन्द्र गुरागाईले आफ्नो मताधिकार जनजागृति मावि गोल्फुटारबाट प्रयोग गरे । उनले राजनीतिक स्थायित्वका लागि नेपाली जनताले लामो समयदेखि प्रतिक्षा गरिरहेकाले यस पटक उक्त सपना पूरा हुने धारणा राखे ।

अध्यक्ष गुरागाईले भने “राजनीतिक लडाइँ र झगडाबाट मुलुकले मुक्ति पाउँदैछ । आर्थिक समृद्धिको यात्रा सुरु हुन लागेको छ । उद्योग धन्दाको विकास हुनेछ । बेरोजगारीको अन्त्य हुने छ । ऊर्जाको क्षेत्रमा उल्लेख्य प्रगति हुन्छ भन्ने मैले विश्वास लिएको छु ।”

उनले आगामी बन्ने सरकारले नेपालको जलविद्युत्को क्षेत्रमा उल्लेख्य योगदान गर्ने र नेपालको ऊर्जा सुरक्षामा समेत विशेष ध्यान दिने विश्वास व्यक्त गरे ।

निर्वाचनलाई भयरहित, मर्यादित र शान्तिपूर्ण बनाउन उद्योग वाणिज्य महासंघले अनुगमन समूह नै बनाएको छ । । यस्तै उद्योगी तथा व्यवसायीले पनि निर्वाचनको पर्यवेक्षण समेत गरेका छन् । आर्थिक वृद्धि र समृद्धिका लागि उनीहरुले आफूले मतदान गरेको समेत प्रतिक्रिया दिएका छन् । चीन र भारत जस्ता आर्थिक विकासको शिखरमा पुगेका मुलुकको बीचमा रहनुले पनि आगामी दिन नेपालका लागि थप सुखद् रहने उद्योगी तथा व्यवसायीको भनाइ छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter