अपाङ्गतासम्बन्धी लक्ष्य पूरा गर्नुपर्नेमा जोड

people with disabilitiesकाठमाडौँ,पुस ३ गते । दिगो विकासले अवलम्बन गरेको अपाङ्गताको अधिकारसम्बन्धी लक्ष्यलाई पूरा गर्न सरकार र निजी क्षेत्रको सहयोग आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।

छब्बीसाँै अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय, राष्ट्रिय अपाङ्ग महासंघ, युएनडिपीलगायतका संस्थाले आज आयोजना गरेको ‘अपाङ्गता र दिगो विकाससम्बन्धी दुईदिने राष्ट्रिय सम्मेलन’का वक्ताले अपाङ््ग व्यक्तिलाई देशको मूल प्रवाहमा लैजान दिगो विकास लक्ष्यले अवलम्बन गरेको लक्ष्य पूरा गनुपर्ने बताएका हुन् ।

सन् २०१५ सेप्टेम्बरमा संयुक्त राष्ट्र संघले सन् २०३० सम्म पालना गरिसक्नुपर्ने भन्दै १५ वर्षीय दिगो विकाससम्बन्धी १७ बुँदा लक्ष्य सार्वजनिक गरेको थियो । जसमा नेपालपक्ष राष्ट्र भएका कारण अपाङ्गताको सवालमा गुणस्तरीय शिक्षा, आर्थिक वृद्धि, न्यून असमानता, दिगो शहर र समानता र सबै लक्ष्यका लागि साझेदारीलाई समावेश गरेको थियो ।
कार्यक्रममा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री विक्रमबहादुर थापाले अपाङ्ग व्यक्तिको अधिकार सुनिश्चित गर्ने कार्यमा मन्त्रालयले तदारुकताका साथ काम गरिएको बताउनुभयो ।

“अपाङ्गताको अधिकारका लागि ऐन बनिरहेको छ, नियमावली बन्ने प्रक्रिया अगाडि बढेको छ,”– उहाँले भन्नुभयो ।

मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले देशका ग्रामीण भू–भागका केही व्यक्ति अझैसम्म पनि अपाङ्गताको सूचीमा पर्न नसकेको भन्दै त्यस्ता व्यक्तिलाई समावेश गर्नुपर्ने बताउँदै । उहाँले भन्नुभयो– “दिगो विकासको लक्ष्य हासिल गर्न समग्र बजेट र कार्यक्रमलाई दिगो विकाससँग जोड्नुपर्छ,”– उहाँले भन्नुभयो ।

राष्ट्रिय योजना आयोगका सहसचिव डा किरण रुपाखेतीले संविधानले अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गरेको भन्दै देशको मूल प्रवाहमा ल्याउन सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष सुदर्शन सुवेदी, गैरसरकारी संस्था महासंघ नेपालका निर्देशक दयासागर श्रेष्ठ, सेभ द चिल्डेनका उपनिर्देशक बन्दना रिसाललगायतले नेपालमा पाँच लाखको संख्यामा रहेको अपाङ्गता व्यक्तिलाई विकासको हरेक लक्ष्यमा समावेश गर्नका लागि सरकारले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

दुई दिनसम्म चल्ने सम्मेलनमा अपाङ्गताको सवालमा दिगो विकासका लक्ष्यको बारेमा छलफल गर्ने महासंघका महासचिव राजु बस्नेतले जानकारी दिनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter