छिटो र सहज न्यायका लागि योजनाबद्धरुपमा काम भइरहेको छ : प्रन्या

Gopal Parajuliकाठमाडौँ, पुस ३ गते । प्रधानन्यायाधीश गोपाल पराजुलीले छिटो र सहजरुपमा न्यायको पहुँच पु¥याउने योजनाका साथ काम गरिरहेको बताउनुभएको छ ।

न्याय परिषद्को २७औँ स्थापना दिवसको उद्घाटन गर्दै उहाँले न्यायको उपभोक्तालाई सहजरुपमा छिटो न्याय दिलाउनका लागि योजनाबद्धरुपमा काम गरिरहेको बताउनुभयो ।

प्रधानन्यायाधीश पराजुलीले स्वतन्त्र न्यायपालिकाको रक्षाका लागि न्यायपालिका एक्लैले सम्भव नभएको भन्दै उहाँले नेपाल बार एशोसिएनका साथै सरोकारवाला सबैलाई सहकार्यका लागि आग्रहसमेत गर्नुभयो ।

न्याय प्रशासनलाई प्रभावकारी बनाउनका लागि संवैधानिक व्यवस्थाअनुसार काम गर्ने उल्लेख गर्दै उहाँले राजनीतिक परिवर्तन भए पनि न्याय परिषद्मा कुनै पनि असर नपर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रधानन्यायाधीश पराजुलीले न्यायाधीश नियुक्ति, सरुवालगायतका काममा सक्षमता, व्यावसायिकता र इमान्दारितालाई केन्द्रमा राखेर काम गर्न परिषद्का सबै सदस्यलाई आग्रह गर्नुभयो ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले जनताको आस्थाको धरोहरका रुपमा रहेको न्यायालयबाट छिटो र सहज न्याय पाउने तरिकाले काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले परिषद्ले नेपालको संविधानअनुरुप काम गरिरहेको उल्लेख गर्दै नेपालको इतिहासमा पहिलोपटक खुल्ला परीक्षाबाट जिल्ला न्यायाधीश नियुक्ति गर्न लागेको बताउनुभयो ।

नेपाल बार एशोसिएनका अध्यक्ष शेरबहादुर केसीले गलत काम गर्नेलाई कारबाही गर्नेसम्मको अधिकार भएको परिषद्ले स्वतन्त्र र निष्पक्ष ढंगले काम गर्न आग्रह गर्नुभयो । उहाँले ८० प्रतिशतभन्दा बढी न्यायाधीश खुल्ला प्रतियोगिताबाट नियुक्ति गर्नु राम्रो कुरा भएको बताउनुभयो ।

सो अवसरमा परिषद्ले प्रकाशन गरेको न्याय परिषद्को वार्षिक बुलेटिन प्रधानन्यायाधीश पराजुलीले सार्वजनिक गर्नुभयो । परिषद्को स्थापना २०४७ साल पुस ३ गते भएको थियो । स्थापनादेखि नै पुस ३ गते स्थापना दिवस मनाउँदै आइरहेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter