विद्यालयलाई एकै परिवारबाट तीस लाखभन्दा बढी सहयोग

myagdi_districtबाबियाचौर, म्याग्दी, पुस १५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारका एक परिवारले सामुदायिक विद्यालयको पूर्वाधार निर्माणमा लाखौँ सहयोग गर्नुभएको छ ।

मुक्तिमार्ग माविको भवन निर्माण र जग्गा खरिदका लागि स्थानीय टीकाबहादुर खड्का र उहाँका छोरा देवबहादुर खड्काको परिवारले रु ३० लाखभन्दा बढी सहयोग गर्नुभएको हो ।

जग्गा खरिद र भवन निर्माणमा रु १५ लाख नौ हजार सहयोग गरिसक्नुभएका खड्का परिवारको सहयोगमा थप दुई कोठे कक्षा कोठा निर्माण गर्न लागिएको वडा सदस्य रामबहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँहरुले भवन निर्माणका लागि रु ११ लाख २४ हजारमा तीन रोपनी जग्गा खरिद गरेर विद्यालयलाई उपलब्ध गराउनुभएको थियो । सोही जग्गामा भवन बनाउन घडेरी सम््याउन रु एक लाख ३५ हजार सहयोग गरेका खड्का परिवारले सरकारी अनुदान अपुग भएपछि रु तीन लाख ५० हजार उपलब्ध गराउनुभएको छ ।

टीकाबहादुर भारतीय सैनिकका सेवानिवृत भूपू हुनुहुन्छ भने देवबहादुर पर्यटन व्यवसाय गर्नुहुन्छ । जिल्ला शिक्षा कार्यालय, स्थानीयवासी, विभिन्न संघ संस्थाको रु एक करोड १५ लाखमा निर्माण भएको दुई तले आठ कोठे भवन माथि खड्का परिवारको सहयोगमा थप दुई कोठे ट्रस कोठा निर्माण गर्न लागिएको हो । ग्रामीण क्षेत्रका बालबालिकाको शिक्षामा पहुँच वृद्धि र गुणस्तर सुधारका लागि सहयोग पुगोस् भनेर सहयोग गरेको टीका खड्काले बताउनुभयो ।

जिल्ला शिक्षा कार्यालयले आठ कोठे भवन निर्माणका लागि रु ६० लाख उपलब्ध गराएको थियो । जग्गा खरिदसहित भवन निर्माणका लागि रु एक करोड १५ लाख खर्च भएको व्यवस्थापन समितिका अध्यक्ष गोकुलप्रसाद बरुवालले बताउनुभयो ।

विद्यालयका पूर्वविद्यार्थी प्रशान्त मोहन रेग्मीको पहलमा जर्मनको हिमालयन फ्रेन्डसिभ संस्थाले रु १६ लाख ७७ हजार ५५० सहयोग गरेको छ । साविक घार गाविसले रु पाँच लाख, विद्यालयको महायज्ञ कोषबाट रु चार लाख र मोना बेल्जियमबाट रु ७५ हजार सहयोग गरेका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले गाउँको वन संरक्षणका लागि पर्खाल लगाउन उपलब्ध गराएको रु ४५ हजार स्थानीय बासिन्दाले श्रमदानबाट निर्माण गरेर रकम विद्यालयलाई सहयोग गरेका थिए । हाल जापानमा रहनुभएका दधीलाल खड्काले रु ५१ हजार र बेल्जियममा रहेका नारायण खड्काले रु ४५ हजार सहयोग गर्नुभएको छ ।

२०७२ वैशाख १२ र २९ गतेको भूकम्पका कारण विद्यालयको पुरानो भवन जीर्ण बनेको थियो । भूकम्प प्रतिरोधात्मक क्षमताको नयाँ भवन अपांगमैत्री छ । कक्षा १२ सम्मको पठनपाठन हुने विद्यालयमा हाल ३५८ जना विद्यार्थी अध्ययनरत छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter