७५ प्रतिशत होटल बुकिङ नयाँ वर्षमा भरियो पोखरा

pokhara-touristएकराज गिरी / पोखरा, पुस १५ गते । पर्यटकीय सहर पोखरामा अँग्रेजी नयाँ वर्षसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । एक साता यता पोखराका होटल तथा रेष्टुरेन्टमा आन्तरिक तथा बाह्य पर्यटकको भीड बढेको हो । अँग्रेजी नयाँ वर्षसँंगै पोखरामा पर्यटकको सङ्ख्या बढेको पर्यटन व्यवसायीहरूले बताउनुभएको छ ।

पोखरामा पर्यटकको चहलपहल बढेपछि पर्यटन व्यवसायी उत्साहित देखिएका छन् । नयाँ वर्षका लागि पोखराका ७५ प्रतिशत होटल बुकिङ भइसकेको पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनले बताउनुभयो । ‘नयाँ वर्ष मनाउन आउनेहरूले होटल बुकिङ ७५ प्रतिशत देखिएको छ, त्यो अझै बढछ । ’ अध्यक्ष तुलाचनका अनुसार अहिले आन्तरिक पर्यटकको सङ्ख्या बढी रहेको छ । बाह्य पर्यटकको भन्दा आन्तरिक पर्यटकको सङ्ख्या बढी अध्यक्ष तुलाचनले भन्नुभयो, आन्तरिक पर्यटक ५५ प्रतिशत र अन्य २० प्रतिशतको हाराहारीमा छन् ।

उहाँले पोखराका होटलहरूको अबस्था अहिले सन्तोषजनक रहेको बताउँदै ३० र ३१ तारिखमा होटल बुकिङ सय प्रतिशत हुने बताउनुहुन्छ । बुकिङ नगरी आउने आन्तरिक पर्यकको सङ्ख्या २५ प्रतिशत हाराहारी हुन्छ, त्यसैले नयाँ वर्षको दिन र अघिल्लो दिन थप बढी हुने भएकाले बुकिङ सत प्रतिशत हुन्छ । उहाँकानुसार पोखरामा चिनियाँ र भारतीय पर्यटकको सङ्ख्या सोचे जस्तो छैन । भूकम्पछि घटेको चिनियाँ पर्यटकको सङ्ख्यामा अझै सुधार नआएको उहाँको भनाइ छ । ‘भूकम्पपछि बिग्रिएका सडक निर्माण नहँुदा चिनियाँ र भारतीय पर्यटकको सङ्ख्या सोचे जस्तो छैन र अन्य देशका पर्यटक पनि आउने नसक्दा आन्तरिक पर्यटकले नै राहत मिलेको छ । ’ अङ्ग्रेजी नयाँ वर्ष मनाउन अन्यत्र जाने पर्यटकलाई पोखरा ल्याउन पुस १३ देखि १७ गतेसम्म सडक महोत्सव आयोजना गरिएको उहाँको भनाइ छ । विगत १८ वर्षअघि पर्यटकलाई पोखरा आकर्षित गर्न सडक महोत्सवको योजना ल्याइएको रेवान पोखराका पूर्व अध्यक्ष सूर्यबहादुर भुजेल बताउनुहुन्छ ।

यस वर्ष रेष्टुराँ एण्ड बार एसोसिएसन पोखराले डिसेम्बर २८ देखि जनवरी १ सम्म लेकसाइडको ३ किलोमिटर क्षेत्रमा ‘सडकमै खाऊँ, सडकमै नाचौँ, सडकमै रमाऊँ नारा दिएर महोत्सव आयोजना गरेको छ ।

यहाँका होटल र रेष्टुराँ व्यवसायीले पनि स्थानीय एवं राष्ट्रिय कलाकार बोलाएर महोत्सवलाई विशेष बनाउने बताएका छन् । नयाँ वर्षको स्वागतमा पोखराको आकाशमा आतीशबाजी समेत गरिने भएको छ । करिब पाँच मिनेट जति आतीशबाजी गरेर नयाँ वर्षको स्वागत गरिने हुदाँ त्यही हेर्न हजारौँ आन्तरिक पर्यटक पोखराको फेवा किनार पुग्ने व्यवसायीको भनाइ छ । त्यही आतीशबाजी हेर्न छिमेकी जिल्ला र पोखरेलीहरू आउने गरेका छन् रेवान पोखराका पूर्व अध्यक्ष गोपीबहादुर भट्टराईले बताउनुभयो । ‘नयाँ वर्ष र क्रिसमसमा बढी भीडभाड हुने भएकाले आन्तरिक तथा बाह्य पर्यटकले होटल अग्रिम बुकिङ गरेका छन्,’ उहाँले भन्नुभयो ।

पोखरामा पर्यटकस्तरका छ सयभन्दा बढी होटल सञ्चालनमा छन् । सञ्चालित होटलमध्ये पश्चिमाञ्चल होटल सङ्घमा चार सय होटल आबद्ध छन् । ती होटलहरूमा करिब १८ हजार बेड रहेको होटल सङ्घका अध्यक्ष विकल तुलाचनले बताउनुभयो । उहाँका अनुसार थप दुई हजार बेड बन्दै रहेको र आगामी दुई वर्षभित्र २० हजार बेड पुग्ने र एकै रातमा २० हजार पर्यटक पोखरामा राख्न सकिने छ । पोखराको होटल क्षेत्रमा मात्रै हालसम्म दुई खर्व रुपियाँ लगानी भैसकेको अध्यक्ष तुलाचनले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter