पानीमा आश्रित चराको अवस्था पत्ता लगाउन गणना शुरु

bird-watchingचितवन, पुस ३० गते । सिमसार क्षेत्रमा पाइने चराको अवस्था पत्ता लगाउन चितवनमा जलपक्षी (पानी चरा) को गणना शुरु भएको छ ।

अवस्था पत्ता लगाइ चराको संरक्षणका लागि नयाँ रणनीति बनाउन चरा गणना थालिएको हो । चितवनको कुमरोजबाट शनिबारदेखि चरा गणना थालिएको पक्षीविद् तथा वर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वअध्यक्ष वासु विंडारीले बताउनुभयो ।

शनिबार जिन्दगानी घाट, सौराहा घाट बूढी राप्ती, ढुंग्रे खोलामा चरा गणना भएको र आज सौराहाबाट शुरु गरी चितवन निकुञ्जको कसरा पुल, लामिताल, तमोर ताल र गरुड तालमा गणना हुने विंडारीले जानकारी दिनुभयो ।

चितवन राष्ट्रिय निकुञ्ज र वर्ड एजुकेशन सोसाइटी चितवनको अगुवाइमा शुरु भएको गणना कार्यअन्तर्गत सोमबार भने रामसार सूचीमा सूचीकृत बिसहजारी ताल क्षेत्रमा गणना हुने जनाइएको छ । अघिल्लो गणनामा चितवनमा ५४ प्रजातिका जलपक्षी भेटिएको थियो ।

उहाँका अनुसार चरा गणना कार्य केही दिन चल्नेछ । चितवनमा चराको क्षेत्रमा काम गर्दै आएका ३६ जना स्वयंसेवकले चराको गणना गरिरहेका छन् ।

नेपालको शुक्लाफाँटा र कोशीटप्पुबाट भने पुस २२ बाट गणना शुरु भएको थियो । गणनामा नेपालमा ३०० स्वयंसेवक तथा चरा विज्ञको सहभागिता रहेको चरा पक्षीविद् संघ नेपालकाका प्रमुख डा हेमसागर बरालले जानकारी दिनुभयो ।

विगतको अध्ययनमा चराको संख्या भने घट्दो क्रममा रहेको चरा विज्ञले बताएका छन् । डा बरालले चराको संख्या घट्दो क्रममा रहेको भन्दै यसतर्फ गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter