म कुनै एजेण्डा लिएर नेपाल आएको होईनः स्वराज; एमाले अध्यक्ष अोली र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता

Sushma Swarajकाठमाडौं । दुईदिने भ्रमणका लागि नेपाल आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आफ्नो कुनै एजेण्डा नभएको बताएकी छिन् ।

स्वराज भारतीय वायुसेनाको विशेष विमानबाट अपराह्न ४ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा ओर्लिएकी हुन्। काठमाडौं ओर्लिए लगत्तै स्वराजले नेपाल नेपाल भारतको असाल मित्रराष्ट्र भएको बताउँदै आफु दुई देशबिचको सम्बन्ध सुमधुर बनाउन आएको बताईन् । ‘नेपाल मित्रराष्ट्र हो, म अहिले एजेण्डा लिएर आएकी होईन’, सम्बन्धलाई सुमधुर बनाउन आएकी हुँ । मित्रसँग भेट्न आएकी हुँ । बस यति हो।’

एमाले अध्यक्ष अोली र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुस्मा स्वराजबीच भेटवार्ता भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रूपमा अाज काठमाडाैं अाएकी स्वराज र अोलीबीच होटल सोल्टीमा भेटवार्ता भएको हो ।

भेटका क्रममा आपसी हितका विषयमा कुराकानी भएको ओलीको सचिवालयले जनाएको छ ।

काठमाडौं ओर्लिए लगत्तै स्वराजले नेपाल नेपाल भारतको असल मित्रराष्ट्र भएको भन्दै आफु दुई देशबीचको सम्बन्ध सुमधुर बनाउन नेपाल आएको बताएकी थिइन् ।

स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter