ब्रसेल्स मेलामा नेपालमण्डप मुख्य आकर्षण

Nepal-Tourism-Boardकाठमाडौँ, माघ २० गते । गत बिहीबारदेखि बेल्जियमको राजधानी ब्रसेल्समा जारी ‘६०औं ब्रसेल्स हलिडे फेयर’मा नेपालका प्राकृतिक छटायुक्त नेपालमण्डप मुख्य आकर्षणको केन्द्र बनेको छ ।

नेपालका हिमच्छादित टाकुराका मनोरम दृश्य, पर्यटकीय गन्तव्यका प्रमुख स्थलहरुका तस्बिर, वुद्धको विशाल मूर्ति, ब्यानर र प्लाकार्ड, पोष्टरजस्ता पर्यटन प्रवद्र्धनका सामग्रीले सजिएको नेपालमण्डप पाहुनाहरुको आकर्षणको केन्द्र बनेको ब्रसेल्सस्थित नेपाली राजदूतावासले जनाएको छ ।

बेल्जियम–नेपालमैत्री संघसँगको सहकार्यमा नेपाली दूतावासको संयोजनमा नेपालको सांगीतिक समूह ‘द रक एण्ड सिद्धी’को रोमाञ्चक प्रस्तुतीले नेपालमण्डपलाई थप आकर्षक तुल्याएको थियो ।

स्थानीय कलाकारसहितको आजको सांगीतिक एवं प्रस्तुतिमा मेला अवलोकन गर्ने पाहुनाको मुख्य आकर्षण नै नेपालमण्डप बनेको छ । उक्त मण्डपमा नेपालको यात्रा गर्न चाहने युरोपेली नागरिकका लागि यथेष्ट ‘नेपाल यात्रासम्बन्धी विवरण’ नेपालको प्रतिष्ठित पर्यटन व्यवासयी संस्थाले प्रदान गरेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपालमण्डपमा नेपालका मौलिक उत्पादन चिया र कफीको बिक्री प्रवद्र्धनका साथै चिया कफीका पारखीले त्यसको स्वाद लिइरहेका छन् । भोलि आइतबार समापन हुने उक्त मेलाको दशौं हजारले अबलोकन गरिसकेका छन् ।

बेल्जियम सरकारका मन्त्रिपरिषद्का सदस्य, ब्रसेल्स महानगरका प्रमुख, बेल्जियम र अन्य युरोपेली मुलुकका विशिष्ट व्यक्तित्व र मेला आयोजक समितिका अध्यक्षलगायतले गत बिहीबार मेला उद्घाटनका क्रममा नेपालमण्डपको अवलोकन गर्नुभएको थियो ।
दूतावासका अनुसार आगन्तुक विशिष्ट पाहुनाहरुलाई नेपाल सरकारका तर्फबाट नेपालीपन झल्काउने ‘मायाको चिनो’ नेपाली राजदूतले प्रदान गर्नुभएको थियो ।

यसैबीच, यही माघ ११ देखि १४ गतेसम्म बेल्जियममा नै आयोजित ‘एन्ट्रेप एक्पो’को ४०औं संस्करणमा नेपालले भाग लिएर ७३ हजारभन्दा बढी आगन्तुकलाई नेपालसम्बन्धी जानकारी प्रदान गर्दै व्यापार र पर्यटनमा प्रवद्र्धनका विविध गतिविधि सञ्चालन गरेको थियो ।

बेल्जियम–नेपालमैत्री संगठन, बेल्जियमस्थित गैरआवासीय नेपाली संघ, बेल्जियम–नेपालमैत्री संघ, नेपालका मित्र, स्वयमसेवकलगायत दुवै मेलामा नेपालको गौरव र गरिमा उजिल्याउन सहयोग गर्ने सबैमा दूतावासले हार्दिक आभार व्यक्त गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter