विभिन्न स्थानमा कृत्रिम ताल निर्माण

rara-lakeरत्ननगर, चितवन, माघ २० गते । चितवनको मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिको विभिन्न वन क्षेत्रमा पारिस्थितिक प्रणालीका लागि महत्वपूर्ण मानिने सिमसार क्षेत्रको विस्तार कार्यक्रम सञ्चालन भएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र मृगकुञ्ज उपभोक्ता समिति चितवनले यहाँको विभिन्न क्षेत्रमा सिमसारको व्यवस्थापन तथा विस्तारको कार्यक्रम शुरु गरेको अध्यक्ष वासु ढुंगानाले जानकारी दिनुभयो ।

पछिल्लो समयमा सिमसार क्षेत्र पुरिँदै जाने र पानी सुक्ने समस्या देखिएकाले यसको संरक्षणका साथै कृत्रिम रुपमा तालतलैया निर्माण, तालतलैयाको माटो निकाल्ने, मिचाहा प्रजाति हटाएर सिमसार क्षेत्र जोगाउन र विस्तार गर्न थालिएको ढुंगानाले बताउनुभयो ।

मृगकुञ्ज मध्यवर्ती क्षेत्रमार्फत कोकाकोला फाउण्डेसन र विश्व वन्यजन्तु कोषको सहयोगमा अहिले रत्ननगर टिकौली जंगलको ठूलो घोल क्षेत्रमा बाँध बनाएरै ताल तथा सिमसार क्षेत्र विस्तार गरिएको छ ।

यहाँ १० विगाहा जलाशय हुने गरी रु आठ लाखको लागतमा ताल निर्माण भएको छ । अघिल्लो वर्षपनि १० हेक्टर क्षेत्रफलमा १७ हजारी तालको व्यवस्थापन गरिएको थियो । टिकौली मध्यवर्ती सामुदायिक वन क्षेत्रमा सिमसारको संरक्षण र व्यवस्थापनका लागि मृगकुञ्जको सहयोगमा विभिन्न काम भइरहेको वनका अध्यक्ष वुद्धि विक बताउनुहुन्छ ।

रामसार सूचीमा सूचीकृत बीसहजारी तालमा समेत मिचाहा प्रजातिले ढाकेर तालकै अस्तित्व संकटमा परेपछि अहिले सबै हटाएर तालको संरक्षणका कार्यक्रमसमेत चलेको छ । मृगकुञ्ज उपभोक्ता समितिको क्षेत्रभित्र पर्ने विभिन्न ठाउँमा गरेर अहिलेसम्म ४० हेक्टरभन्दा बढी क्षेत्रमा ताल संरक्षण र विस्तारका कार्यक्रम सम्पन्न भएको जनाइएको छ ।

ताल तथा सिमसारमा वन्यजन्तु, चराचुरुङ्गी आश्रित हुने गर्छन् । सिमसार क्षेत्र नभएमा तिनीहरुले बासस्थान नै परिवर्तन गर्ने भएकाले पनि सिमसार क्षेत्र संरक्षण जरुरी छ ।

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठक जलवायु परिवर्तन, मिचाहा प्रजातिका झार, माटो झर्ने र पानी सुक्नेजस्ता कारणले सिमसार क्षेत्र प्रभावित हुँदै आएको बताउनुहुन्छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter