चारवटा प्रदेशमा प्रदेशसभाको पहिलो बैठक सम्पन्न

nepal mapकाठमाडौं, माघ २१, २०७४ विभिन्न ४ वटा प्रदेशको आज बसेको पहिलो बैठकले अन्तरिम कार्यविधि पारित गर्दै सभामुखको निर्वाचनको मिति तय गरेका छन् । प्रदेश नं २ र ५ ले सभामुखको निर्वाचन फागुन २ गते गर्ने भएका छन् । त्यस्तै प्रदेश नं ६ र ७ मा सभामुखको निर्वाचन माघ २९ गते हुने भएको छ ।

प्रदेश नं २ को अस्थायी मुकाम जनकपुरमा आज बसेको बैठकको सुरुमै मधेश केन्द्रित दलका सांसदले सभामुखको पछाडी पट्टी मधेश आन्दोलनमा सहिद भएकाहरुको तस्बिर नराखिएको भन्दै विरोध गरेका थिए । सभामुखले अर्को बैठकमा उनीहरुको माग बमोजिम तस्बिर राख्न निर्देशन दिएपछि बैठक सुरु भएको थियो । अर्को बैठक माघ २९ गते बिहान ११ बजे बोलाइएको छ ।

यस्तै ५ नम्बर प्रदेशको अस्थायी मुकाम बुटवलमा बसेको प्रदेशसभा बैठकमा दलीय आधारमा धारणा राखेका नेताले संघीयता र सम्वृद्धिका लागि सबै एक भएर लाग्ने प्रतिवद्धता जनाएका थिए । अस्थायी मुकाम सुर्खेतमा बसेको प्रदेश नं ६ को प्रदेशसभाको बैठकमा सदस्यहरुले सबैभन्दा कमजोर प्रदेश भएकाले बजेट तर्जुमा लगायत विकास निर्माणको विषयमा केन्द्र सरकारको ध्यानाकर्षण गराउन सबै दल एक जुट हुनुपर्नेमा जोड दिए । प्रदेश नं ७ को अस्थायी मुकाम धनगढीमा बसेको प्रदेश सभाको बैठकमा बोल्ने प्रतिनिधिले आर्थिक समृद्धि र विकास सबैका साझा मुद्दा बनाएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । दलीय आधारमा धारणा राखेका प्रतिनिधिले प्रदेशको आर्थिक विकास र समृद्धिका लागि सबै दलले साझा मुद्दा बनाएर अघि बढ्ने प्रतिवद्धता ब्यक्त गरेका हुन् ।

प्रदेश सभा सञ्चालनका लागि नियमावली नबनेकाले पहिलो बैठकले अन्तरिम कार्यविधि पारित गरेको हो । प्रदेश १ र ४ को भने बैठक भोलिका लागि बोलाइएको छ । तीन नम्बर प्रदेशको गत बिहीबार बसेको बैठकले सभामुखको निर्वाचनको मिति तय गरिसकेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter