दृष्टिविहीन विद्यार्थीका लागि पुस्तकालय

myagdi_districtम्याग्दी, माघ २३ गते । म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययरत दृष्टिविहीन विद्यार्थीलाई लक्षित गरी पुस्तकालय स्थापना गरिने भएको छ ।

क्याम्पसमा रहेको पुस्तकालयमा दृष्टिविहीन विद्यार्थीका लागि आवश्यक पर्ने शैक्षिक सामग्री उपलब्ध नभएकाले उनीहरुका लागि छुट्टै पुस्तकालय स्थापना गर्न लागिएको हो ।

क्याम्पसमा अहिले बिएड दोस्रो वर्षमा दृष्टिविहीन गोपाल खत्री र बिएड प्रथम वर्षमा दृष्टिविहीन धनमायाँ विक अध्ययनरत छन् । अपांगता भएका विद्यार्थीका लागि पनि अध्ययनमा सहज होस् भन्ने उद्देश्यले सो पुस्तकालय स्थापना गर्न लागिएको स्ववियू सभापति सावित्री खत्रीले बताइन ।

क्याम्पससँगको समन्वयमा आर्थिक सहयोग गर्ने दाताको खोजी गर्न थालिएको र निकट भविश्यमै क्याम्पसमा दृष्टिविहीनका लागि पुस्तकालय स्थापना गरिने उनले जानकारी दिइन । बोल्ने कम्प्यूटर, ब्रेल लिपि, ब्रेल पेनसहितको शैक्षिक सामग्री र श्रव्य पुस्तकसमेत पुस्तकालयमा राखिनेछ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter