प्रख्यात बन्दै सुदामाको ‘मकवानपुरे ढिँडो’

Dhidoहेटाैँडा, मकवानपुर, माघ २४ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँंडास्थित राप्ती खोला पुलको मुखमैछ सुदामा पुडाशैनीको ढिंँडो पसल छ । राप्ती किनारको सिमलटार गाउँमा उहाँले ढिंँडो बेच्न थालेको झण्डै ६ वर्षभयो ।

अहिले उहाँको ‘मकवानपुरे ढिँडो’ प्रख्यात बन्दै गएको छ । ढिँडो पकाउँदा सँधै एप्रोन प्रयोग गर्ने पुडाशैनी हट्टाकट्टा हुनुहुन्छ । श्रीमती सविना र दुईजना सहयोगी दिनभर सुदामासँगै खटिन्छन् । उहाँकोमा ढिँडो खानेको लाइन नै लाग्छ ।

स्थानीय खोलाका माछा, स्वादिष्ट गोलभेँंडाको अचार, भटमासको अचार र सागसँग तात्तातो ढिँडो चोपेर खान मकवानपुरका मात्रै होइन अन्य जिल्लाका ढिँडो पारखीसमेत यहाँ पुग्ने गरेका छन् । रु एक सय ५० मा माछा र ढिँडोको स्वाद थपिथपि खान पाइन्छ ।

“सिडियोदेखि मन्त्री, सांसद, कलाकारलगायत ढिंँडो खान आउनुहुन्छ,” पुडाशैनीले भन्नुभयो । चैत २ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘पञ्चायत’को निर्माण समूह मंगलबार यहाँ ढिँडोको स्वादमा रमायो । सुदामाको मकवानपुरे ढिँडो एउटा ब्राण्ड जस्तै बनेको छ ।

हेटाँैंडा उपमहानगरपालिका–१ राप्ती खोलाको किनारमै छ ढिंँडो पसल । ऐलानी एक कठ्ठा जग्गामा ६ वर्षदेखि पुडाशैनीले ढिँडो बनाएर बेच्दै आउनुभएको छ । उहाँले गाडी चलाउन छाडेर ढिंँडो बेच्न थाल्नुभएको हो । साउदी गएर दुई वर्ष गाडी चलाएको पनि उहाँसँग अनुभव छ । “परिवासँग बसेर पेशा गर्न पाइएको छ, आम्दानी पनि राम्रै छ,” उहाँले भन्नुभयो ।

पुडाशैनीले मासिक रु एक लाख ५० हजारदेखि रु दुई लाखसम्म आम्दानी गर्नुहुन्छ । पहिला रु ५५ मा ढिँडो बिक्थ्यो । त्यो बेला माछा प्रतिकिलो रु १८० मा पाइन्थ्यो । अहिले त्यही माछा प्रतिकिलो रु ६०० मा पाइन्छ । “पहिले गाउँमा ढिंँडो खाने चलन थियो, अहिले त्यो चलन घट्दै गएको छ, अहिले शहरमा ढिँडोमा आकर्षण बढ्दै गएको छ,” उहाँले भन्नुभयो ।

वडाले सिफारिस नदिएका कारण पुडाशैनीले पसल दर्ता गर्न पाउनुभएको छैन । उहाँको पसल ऐलानी जग्गामा रहेको छ । “कर तिर्छु भनेर दर्ता गर्न खोज्दा दिएन,” उहाँले भन्नुभयो । उहाँ सिमलटार टोल विकास संस्थामा आवद्ध हुनुहुन्छ । सो टोलमा एक हजार १०० घरधुरी रहेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter