राष्ट्रियसभा निर्वाचन : अहिलेसम्म कुन दलबाट को-को निर्वाचित भए ? (सूचीसहित)

Rastriya-sava-electionकाठमाडाैं । बुधबार भएको राष्ट्रियसभा सदस्यको निर्वाचनको मतपरिणाम अाउने क्रम जारी छ । अाज प्रदेश २ बाहेक अन्य ६ प्रदेशहरूमा निर्वाचन भएको थियो । २ नम्बर प्रदेशका सबै उम्मेद्वार निर्विरोध निर्वाचित भएकाले चुनाव भएन ।

निर्वाचनबाट प्रत्येक प्रदेशमा कम्तीमा तीन महिला, एक दलित र एक अपांगता/अल्पसंख्यकसहित ५६ जना निर्वाचित हुनेछन् ।

यहाँ हेर्नुहोस् बुधबार भएको निर्वाचनको पछिल्लो परिणाम अनुसार राष्ट्रियसभा सदस्यमा निर्विरोध/निर्वाचित भएकाहरुको नामावली

प्रदेश १
महिला
नैनकला ओझा (निर्विरोध), एमाले
विना पोखरेल (निर्विरोध), माओवादी केन्द्र
सरिता प्रसाईं रायमाझी (निर्विरोध), कांग्रेस

दलित
खेमराज नेपाली (निर्वाचित), एमाले
अपाङ्ग/अल्पसंख्यकतर्फ
अगमप्रसाद बान्तवा राई (निर्वाचित), एमाले

अन्य समूह
परशुराम मेघी गुरुङ (निर्विरोध), एमाले
हरिचरण शिवाकोटी (निर्विरोध), एमाले
रमेशजङ्ग रायमाझी (निर्विरोध), कांग्रेस

प्रदेश २
महिला
शशीकला दाहाल (निर्विरोध), माओवादी केन्द्र
मुक्ताकुमारी यादव (निर्विरोध), कांग्रेस
प्रमिला कुमारी (निर्विरोध), फोरम नेपाल

अल्पसंख्यक वा अपाङ्ग
वृषेशचन्द्र लाल (निर्विरोध), राजपा

दलित
रामप्रित पासमान (निर्विरोध), फोरम नेपाल

अन्य समूह
जीतेन्द्र देव (निर्विरोध), कांग्रेस
रमेशप्रसाद यादव (निर्विरोध), राजपा
सुमनराज प्याकुरेल (निर्विरोध), एमाले

प्रदेश ३
महिला
उदया शर्मा पौडेल (निर्वाचित), एमाले
दिलकुमारी रावल थापा (निर्वाचित), एमाले
धनकुमारी खतिवडा (निर्वाचित), कांग्रेस

दलित
सिंहबहादुर विश्वकर्मा (निर्वाचित), एमाले
अल्पसंख्यक वा अपाङ्गतातर्फ
रामचन्द्र राई (निर्वाचित), एमाले

प्रदेश ४
अल्पसंख्यक वा अपाङ्गता
प्रकाश पन्थ (निर्विरोध), कांग्रेस

प्रदेश ५
महिला
अनिता देवकोटा (निर्विरोध), कांग्रेस
कोमल वली (निर्विरोध), एमाले
मिना बुढा (निर्विरोध), एमाले

दलित
रामलखन चमार (निर्वाचित), एमाले
अल्पसंख्यक वा अपाङ्गतातर्फ
राजकुमार कुँवर (निर्वाचित), माओवादी केन्द्र

प्रदेश ७
महिला
इन्दु कडरिया (निर्विरोध), एमाले
कमलाकुमारी वली (निर्विरोध), एमाले
तारादेवी भट्ट (निर्विरोध), कांग्रेस

दलित
चक्र स्नेही (निर्वाचित), एमाले
अल्पसंख्यक वा अपांगतातर्फ
महेशकुमार महरा (निर्वाचित), माओवादी केन्द्र

अन्य समूह
शेरबहादुर कुँवर (निर्विरोध), एमाले
हरिराज चौधरी (निर्विरोध), माओवादी केन्द्र
बद्री पाण्डे (निर्विरोध), कांग्रेस

राष्ट्रिय सभा निर्वाचन : ८ जना जनप्रतिनिधिले भोट हालेनन्

सात प्रदेशमध्ये ६ प्रदेशमा सम्पन्न भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदाताको व्यापक, उत्साहजनक र शान्तिपूर्ण सहभागितामा मतदान सम्पन्न भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

आज बिहान १० बजेदेखि सुरु भएको मतदान कार्य आजै दिनको ३ बजे सम्पन्न भएको थियो । कुल ५६ सदस्यीय राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा प्रदेश नम्बर २ का ८ वटै सदस्यहरू निर्विरोध निर्वाचित भएकाले त्यहाँ मतदान गर्नु परेन ।

कुल २ हजार ५६ जना मतदातामध्ये आजको मतदानमा ६ प्रदेशका स्थानीय तहका १ हजार २३४ र प्रदेश सभाका ४४३ गरी कुल १ हजार ६७७ जना मतदातालाई मताधिकार प्राप्त थियो ।

प्रमुख आयुक्त आयोधी प्रसाद यादवका अनुसार सम्बन्धित प्रदेशमा रहेका निर्वाचन अधिकृतका कार्यालयबाट प्राप्त पछिल्लो विवरण अनुसार आजको मतदानमा ९९.५२ प्रतिशत मतदान भएको छ ।
यादवले भने, ‘६ वटै प्रदेशका जम्मा १ हजार ६७७ जना मतदातामध्ये १ हजार ६६९ जना मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नुभएको छ भने जम्मा ८ जना मतदाता अनुपस्थित रहनुभयो ।’

प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रदेश सभाका सदस्यहरू गरी कुल २,०५६ मतदाता रहेका छन् । त्यसैगरी, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख गरी जम्मा १,५०६ जना मतदाता प्रत्येकको मतभार १८ र प्रदेश सभाका सदस्य ५५० जना मतदाता प्रत्येकको मतभार ४८ हुने प्रावधान छ ।

नेपालको संविधानको धारा ८६ को उपधारा (२) र राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, २०७४ को दफा ३ (१) अनुसार, प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलले दिएको मतको आधारमा प्रत्येक प्रदेशबाट आठ जनाका दरले कुल ५६ जना राष्ट्रिय सभा सदस्यहरू निर्वाचित हुने छन् ।

प्रत्येक प्रदेशबाट निर्वाचित हुने आठ जनामा महिला तीन, दलित एक, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट एक र अन्य तीनजना निर्वाचित हुने छन् । निर्वाचनमा २४ जना निर्विरोध निर्वाचित भइसक्नु भएकाले अब ३२ सदस्यका लागि ५२ जना उम्मेदवार निर्वाचनको प्रतिस्पर्धामा छन् ।

महिला तीन र अन्य तीन सदस्यका लागि एकल सङ्क्रमणीय मत प्रणालीअनुसार मतदान भएको छ भने दलित एक, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट एक गरी दुई सदस्यका लागि सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार निर्वाचित हुने व्यवस्था छ ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter