धौलागिरि आधार शिविरमा थुप्रिएको फोहर हटाउने तयारी

Garbageम्याग्दी, माघ २५ गते । म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ अग्लो धौलागिरि हिमालको आधार शिविर क्षेत्रमा वर्षौंदेखि थुप्रिएको फोहर हटाउने तयारी गरिएको छ ।

चक्रीय धौलागिरि पदमार्गमा पदयात्रा र धौलागिरि हिमालको आरोहणका लागि जाने पर्यटकले वर्षौंदेखि जथाभावी फ्याँक्दै आएका फोहरलाई धौलागिरि गाउँपालिकाको पहलमा हटाउन लागिएको हो ।

आधार शिविरमा वर्षौंदेखिको फोहर थुप्रो लागेर प्रदूषित बन्दै गएपछि यस वर्षदेखि गाउँपालिकाले आधार शिविरलाई स्वच्छ र सफा राख्न फोहर हटाउने अभियानको थालनी गर्न लागेको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताउनुभयो । “फोहरले आधार शिविरमा प्रदूषण बढेको गुनासो बढिरहेको छ, एकैपटक सबै फोहर हटाउन सक्ने अवस्था छैन, हिमालको फेदीमा थुप्रिएको फोहरको सही व्यवस्थापनको शुरुवात गर्न लागेका हाँै”– गाउँपालिका अध्यक्ष पुनले भन्नुभयो ।

चालू आर्थिक वर्ष २०७४÷७५ मा गाउँपालिका कार्यालयले धौलागिरिको आधार शिविरमा थुप्रिएको फोहर हटाउन रु आठ लाख बजेट विनियोजन गरेको छ । यो बजेटबाट मुदीको बगरमा रहेको राउण्ड धौलागिरि युवा क्लबसँग समन्वय गरी फोहर व्यवस्थापनको काम गरिने अध्यक्ष पुनले बताउनुभयो । यो वर्ष विनियोजित बजेट पर्याप्त नभए पनि यो थालनी मात्रै भएको र अन्य निकायसँग समेत समन्वय गरी फोहर व्यवस्थापनको काम अघि बढाइने गाउँपालिका कार्यालयले जनाएको छ ।

राउण्ड धौलागिरि युवा क्लबले गत वर्षसमेत आफ्नै नेतृत्वमा आधार शिविरको फोहर हटाउने काम गरेको थियो । क्लबले तीन पटकसम्म आधार शिविर क्षेत्रमै पुगेर त्यहाँ पुगेका पर्यटकको फोहर व्यवस्थापनमा सम्बन्धित ट्रेकिङ तथा आरोही कम्पनीका पथप्रदर्शकलाई सचेत गराएको थियो । क्लबले निरन्तर ताकेता गर्दासमेत पर्यटक लिएर गएका ट्रेकिङ तथा आरोही कम्पनीका गाइडले आधार शिविर क्षेत्रमा सही तवरले फोहर तह लगाउन आनाकानी गर्दै आएको अवस्थामा गाउँपालिकाले बजेट विनियोजन गर्नु सकारात्मक रहेको क्लबका अध्यक्ष डिल पुनले बताउनुभयो ।

अहिले आधार शिविरमा पर्यटक लैजाने पथप्रदर्शक अधिकांशले जल्ने र नजल्ने सबै फोहरलाई आगो लगाउने र यत्रतत्र पार्ने गरेर फर्कने गरेको पाइएको छ । थोरै मात्रामा इटाली आधार शिविर क्षेत्रमा ल्याएर फोहर बिसर्जन गर्न थालिए पनि पूर्णरुपमा आफ्नो फोहर व्यवस्थापन नगरी पर्यटक र उनका पथप्रदर्शक फर्कने गरेका छन् ।

पर्यटक र तिनीहरुका सहयोगीले प्रयोग गरेर फालेका कपडा, ग्यास सिलिण्डर, भारी बोक्ने क्यारी, शिशी, रबर र फलामका भाँडाकुँडा, खानाका बट्टा, चियाका थर्मस, डोका, खादा, खाजा प्याक गरिएका प्याकेट तथा प्लास्टिकलगायतको फोहर आधार शिविरमा थुप्रिएको छ । यस क्षेत्रमा हेलिकप्टरमार्फत पु¥याइएका टायर, धातुका सामग्री र आरोहणमा प्रयोग गरिएका उपकरणसमेत आधार शिविरमै अव्यवस्थित तवरले फालिँदै आइएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter