राष्ट्रकवि घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथी दर्जा प्रदान गर्ने मन्त्रिपरिषदको निर्णयः निर्णयमा रामबहादुर बमजनसम्म समेटिए

Office of the Prime Ministerकाठमाडौँ, माघ २६ गते । सरकारले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथी दर्जा प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रकवि घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथी दर्जा प्रदान गर्ने निर्णय गरेको हो । राष्ट्रकवि घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथी दर्जा प्रदान गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

बैठकले बुढिगण्डकी जलविद्युत आयोजनालाई अघि बढाउन उर्जा मन्त्रालयले तयार पारेको कार्ययोजना पनि स्वीकृत गरेको छ । त्यसैगरी औद्योगिक भौतिक सम्पत्ति सम्बन्धि कानुन संशोधन र एकीकरण गर्न विधेयक तर्जुमा गर्ने सैद्धान्तिक सहमति पनि दिइएको छ ।

बैठकले तपस्वी रामलाल बम्जनले ज्ञान प्राप्त गर्नु भएको बारास्थित हलखोरियालाई धार्मिक वनको रुपमा विकास गर्ने निर्णय गरिएको पनि सरकारका प्रवक्ता बस्नेतले बताए । बैठकले नेपाल र कतार सरकारबीच कुटनीतिक, सरकारी र विशेष राहदानी भएकाहरुलाई प्रवेशआज्ञा छुट दिने निर्णय पनि गरेको छ । त्यस्तै, बैठकले विभिन्न परियोजना सञ्चालनका लागि वन क्षेत्र उपलब्ध गराउने स्विकृति पनि दिएको प्रवक्ता बस्नेतले जानकारी दिए ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter