कांग्रेसका नेता भन्छन्, कांग्रेसले सत्ता मोह त्याग्नुपर्छ

Nepali Congressकाठमाडौँ, माघ २६ गते । नेपाली कांग्रेसका अधिकांश केन्द्रीय सदस्यले काँग्रेसले आगामी पाँच वर्षसम्म सत्ता मोह त्याग्नुपर्ने धारणा राखेका छन् ।

नेकाका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री स्व सुशील कोइरालाको दोस्रो स्मृति सभालाई काठमाडौँमा सम्बोधन गर्दै केन्द्रीय सदस्य प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, चन्द्र भण्डारी , प्रदीप पौडेल र गुरुराज घिमिरेले सो धारणा राखेका हुन् ।

उनीहरुले पार्टीलाई शुद्घीकरण, सुदृढीकरण र नयाँ दिशामा लैजान स्वयं युवावर्गले कुनै नेताको पछि नलागी आफ्नो क्षमताको विकास गर्दै निष्ठा र स्वाभिमानको राजनीति गर्न सल्लाह दिएका थिए ।

नेपाल विद्यार्थी संघ ३ नं प्रदेशको आयोजनामा सञ्चालन भएको स्मृति सभामा प्रमुख नेता प्रकाशमान सिंहले पार्टी विधि प्रक्रिया र विधानअनुरुप सञ्चालन हुन नस्कँदा कार्यकर्तामा निरासा उत्पन्न भएकाले पराजय व्यहोर्नु परेको बताए । उनले कांग्रेस हारेको नभई आफ्नै कारण पछि परेको बताउँदै सबैले आ–आफ्नो स्थानबाट कमीकमजोरी स्वीकार्दै अगाडि बढ्नुपर्ने विचार व्यक्त गरे ।

सादगी जीवन र स्वच्छ विचारका धनी स्व कोइरालाको नेतृत्वमा नेपालमा संघीय गणतन्त्र नेपालको संविधान –२०७२ जारी भएको थियो ।

कार्यक्रममा अर्का केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले स्व कोइराला निष्ठा, पारदर्शी र समाजवादी नेता रहेको धारणा राखे ।

केन्द्रीय सदस्य प्रदीप पौडेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायले कांग्रेसलाई हेर्ने दृष्टिकोण सकारात्मक रहेको चर्चा गर्दै कांग्रेसले आगामी पाँच वर्षसम्म पार्टीलाई गुट–उपगुटबाट मुक्त बनाउन लाग्ने हो भने नेपालमा कम्युनिष्ट पार्टीको अस्तित्व नै नरहने बताए ।

केन्द्रीय सदस्य चन्द्र भण्डारीले संसारबाट फालिएको र तिरस्कृत भएको कम्युनिष्टसँग कांग्रेस डराउन नपर्ने भन्दै पार्टीभित्र मौलाउँदै गएको विकृति र विसंगतिविरुद्ध पार्टीलाई एक ढिक्का बनाउनुपर्ने बताए ।

कार्यक्रममा केन्द्रीय सदस्य गुरुराज घिमिरेले प्रजातान्त्रिक पार्टीमा फरक मत राख्न सकिन्छ र पाउने अधिकार हुने बताए ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter