३० मेगावाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा थपियाे

Electricityदार्चुला । चमेलिया जलविद्युत् आयोजनाको उद्घाटन भएको छ । शनिबार आयोजना स्थलमा पुगेर प्रधानमन्त्री शेरबहादुर देउबाले आयोजनाको उद्घाटन गरे ।

योसँगै ३० मेगावाट विद्युत पनि राष्ट्रिय प्रशारण लाइनमा थपिएको छ । दार्चुलाको शिखर बलाँचमा रहेको उक्त आयोजनाको १५/१५ मेगावाट क्षमताका दुईवटा युनिट छन् ।

पुस २८ गते पहिलो युनिटबाट १५ मेगावाटको विद्युत् उत्पादन थालेर राष्ट्रिय प्रशारण लाइनमा जोडिएको थियो भने माघ १७ बाट अर्काे युनिटको विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो ।

सन् २००७ सालदेखि निर्माण कार्य थालेको आयोजनाल सम्पन्न गर्न पहिलो पटक गरेको सम्झौता भन्दा झण्डै ६ वर्ष पश्चात् ३० मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । यो समयमा निर्माण लागत बढ्दा र सम्भाब्य बिजुली उत्पादन नहुँदा प्राधिकरणलाई कराडौंको नोक्सानी भयो ।

चमेलिया जलविद्युत आयोजनाको निर्माण सन् २००७ देखि सुरु भएको थियो यो आयोजनाको सिभिल निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप अफ पावर कम्पनी (सीजीजीसी)ले पाएको थियो ।

आयोजनाको हेडवर्क्स लटिनाथ गाविसमा पर्दछ । त्यहाँ चमेलिया नदीलाई बाँध बाँधेर पानीलाई दुईवटा इन्टेकबाट डिसेल्टिङ बेसिन (बालुवा थिग्राउने पोखरी)मा जम्मा गरिएको छ । त्यहाँ संग्लिएको पानी मुख्य टनेलमा जान्छ ।

त्यसबाट फेरि पेन स्टक र बाइसर्केसन पाइप हुँदै दुईवटा युनिटमा पानी बाँडिन्छ । सो पानी पावरहाउसको टर्बाइनसम्म पुग्छ र ३० मेगावाट बिजुली उत्पादन हुन्छ ।

पावरहाउस भने हेडवर्क्सभन्दा ६ किलोमिटर टाढा शिखर गाविसको बलाँच भन्ने स्थानमा छ । हेडवर्क्सबाट पाँच डायमिटरको ८४३ मिटर लामो सुरुङ खनेर पावर हाउससम्म पानी लगिएको छ ।

६११ मिटर सुरुङ खनिसकेका बेला २३२ मिटर क्षेत्रमा चमेलियाको सुरुङ खुम्चिएको थियो । त्यसलाई मर्मत गर्दा १ अर्ब ९ करोड रुपैयाँ थप खर्च लाग्ने निष्कर्ष इञ्जिनियरसहितको टोलीले निकालेको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter