ओली–प्रचण्डको गोप्य सहमतिः पार्टी एकता यसैसाता

Dahal-Oliकाठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज गोप्य भेटवार्ता गरेका छन् । भेटमा यही साता भित्र पार्टी एकता गरिसक्ने सहमति गरेका छन् ।

ललितपुरको मानभवनमा सोमबार दिउँसो भएको ‘वान टू वान’ वार्तामा दुवै अध्यक्षले फागुन पहिलो साता पार्टी एकीकरण गर्ने सहमति गरेका हुन् । पार्टी एकतापछि नेतृत्व र मोडालिटीबारे भोलि बिहान अध्यक्षद्वय पुनः छलफल गर्ने सहमति भएको स्रोतले बताएको छ । स्रोतका अनुसार भोली प्रचण्ड र ओलीले एक्ला–एक्लै छलफलमा गरेपछि पार्टी एकता संयोजन समितिको बैठक बसेर पार्टी एकताको विषयमा कुरा टुंग्याउने सहमति भएको छ।

आज भएको भेटवार्तामा दुवै अध्यक्ष जसरी भएपनि सरकार गठनअघि पार्टी एकता गर्नेमा सहमत भएका छन्।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter