अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

ICC-World-Cricket-League-Division-Twoकाठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले अन्तिम ओभरको अन्तिम बलमा जित पक्का गरेको हो ।

२ वीकेट बाँकी रहदा नेपाल क्यानडा भन्दा ५१ रनले पछाडि थियो । ४२.२ ओभरमा नेपालको रन १४२ मात्र थियो । तर, करण केसीले बिष्फोटक ब्याटिङ गर्दै ३१ बलमा ४२ रन बनाए। उनले असम्भव जस्तो खेललाई चार छक्का र तीन चौका हान्दै नेपाललाई विश्वकप नजिक पुर्‍याए।

नेपालका लागि ओपनर दिलिप नाथले ४१ रन बनाए भने रोहित पौडेलले २७ रन बनाए। आरिफ शेखले २६ रन बनाउँदा दिपेन्द्रसिंह ऐरीले १८, उपकप्तान ज्ञानेन्द्र मल्लले ९ रन बनाए। यस्तै १२ बल खेलेका सोमपाल कामीले ‍७ रन बनाएर आउट भए।

चौथो विकेटको रुपमा दिलिप नाथको ठाउँमा ब्याटिङ गर्न आएका शरद भेषावकर ५ बलमा एक रन मात्रै बनाएर आउट भए ।

सुरुमै कप्तान र उपकप्तानलाई गुमाएपछि धरमराएको नेपाली ब्याटिङलाई केही सम्हालेका थिए । उनले ६८ बलमा पाँच चौकासहित ४१ रन बनाए। उनी सेसिल परबेजको बलमा हम्जा तारिकको हातबाट क्याचआउट भए। परबेजले नै नेपालका कप्तान र उपकप्तानलाई आउट गरेका थिए ।

छैटौं ओभरको पाँचौ र अन्तिम बलमा नेपालले दुई ठूला विकेटका रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्कालाई गुमाएको थियो । पारस र ज्ञानेन्द्र दुवैलाई क्यानडाका बलर परबेजले आउट गरेका हुन् । ज्ञानेन्द्र २५ बलमा एक छक्कासहित ९ रन बनाएर आउट भए।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter