इँटाभट्टालाई सुधार गर्न सार्कका व्यवसायी सहमत

brickललितपुर, फागुन ५ गते । दक्षिणी एशियामा वायु प्रदूषणको मुख्य कारक मानिएको इँटाभट्टालाई आधुनिक र स्वच्छ प्रविधिबाट सञ्चालन गराउन यस क्षेत्रका इँटाभट्टा सञ्चालकद्वय सहमत देखिएका छन् ।

एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) र नेपाल इँटा व्यवसायी महासंघको संयुक्त आयोजनामा राजधानीमा सम्पन्न हरित दक्षिण एशियाको इँटा क्षेत्रका लागि जिकज्याक प्रविधिको प्रवद्र्धनसम्बन्धी कार्यशालामा सहभागी इँटा व्यवसायी यसका लागि सामूहिक रुपमा कार्य गर्नसमेत तयार देखिएका छन् ।

नेपाललगायत बंगलादेश, भारत र पाकिस्तानका २५ जना इँटा व्यवसायीको सहभागिता रहेको सो दुईदिने कार्यशालामा जिकज्याक प्रविधिबाट इँटा उत्पादन गर्दा हरितगृह ग्यास उत्सर्जन कम भई ब्ल्याक कार्बनलाई न्यूनीकरण हुने, उत्पादकत्वमा वृद्धि, कोइलाको खपतमा कमी र इँटाको गुणस्तरमा सुधार हुने भएकाले यस प्रविधिको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिइयो ।

कार्यशालामा इसिमोडका उपमहानिर्देशक एकलव्य शर्माले परम्परागत इँटाभट्टाबाट निस्कने ब्ल्याक कार्बनले खासगरी पर्वतीय क्षेत्रमा प्रत्यक्ष असर पु¥याएको र यसबाट दक्षिण एशियाका बासिन्दाको स्वास्थ्य, कृषि उत्पादनमा ह्रास आएकाले यसमा सुधार ल्याउन सामूहिक प्रयासको खाँचो औँल्याउनुभयो ।

सो अवसरमा इसिमोडका विद्याविमली प्रधान, अरनिको पाण्डे, महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले नेपालमा गोरखा भूकम्पपछि इँटाभट्टामा जिकज्याक प्रविधिलाई प्रोत्साहन गरिएको र यसबाट झण्डै ४० प्रतिशत प्रदूषण उत्सर्जनमा कमी आएको जानकारी दिनुभयो ।

सहभागीहरुलाई जिकज्याक प्रविधिबाट इँटा उत्पादन गरिएका भक्तपुर, धादिङ र विराटनगरका भट्टीहरुको अवलोकन भ्रमण गराइएको थियो । (रासस)

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter