प्रदेश नं ५ उपसभामुखमा पूर्व कम्लहरी

Deputy Speaker of Province 5बुटवल, फागुन ६ गते । प्रदेश नं ५ का उपसभामुखमा पूर्व कम्लहरी कृष्णी थारू निर्वाचित हुनुभएको छ ।

प्रदेशसभामा आज भएको निर्वाचनमा नेकपा एमालेबाट प्रदेशसभा सदस्य थारूलाई एमालेसहित माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनमोर्चासहितले समर्थन गरेका थिए । सो प्रदेशसभामा फोरमका पाँच र जनमोर्चाका एक सांसद छन् । नवनिर्वाचित उपसभामुख थारूसँग नेपाली काँग्रेसकी रीना विकले उम्मेदवारी दिनुभएको थियो । थारू ६६ मत ल्याउँदै निर्वाचित हुनुभएको हो । प्रदेशसभामा उपस्थित ८५ सदस्यमध्ये थारूको पक्षमा ६६ र विपक्षमा १९ मत परेको थियो । उपसभामुखको चयन मतविभाजन प्रक्रियाबाट गरिएको थियो ।

आजको बैठकको प्रारम्भमा सभामुख पूर्णबहादुर घर्तीले प्रदेश प्रमुख उमाकान्त झाले एमाले माओवादी केन्द्र गठबन्धनका उम्मेदवार एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्ति गरेको प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभएको थियो ।

यस्तै बैठकको कार्यसूचीबमोजिम प्रदेश नं ५ मा सभामुखले आज कार्यव्यवस्था समिति गठन गर्नुभएको छ । प्रदेशसभा सञ्चालन अन्तरिम कार्यविधि, २०७४ को दफा १५ बमोजिम सभामुख घर्तीले एमाले प्रमुख सचेतक भूमीश्वर ढकाल, माओवादी केन्द्रका प्रमुख सचेतक दधिराम न्यौपाने, भोजप्रसाद श्रेष्ठ, नारायणप्रसाद आचार्य, इन्द्रजीत थारू, वीरबहादुर राना, रमा अर्याल, विजय यादव र तारा जिसीलाई मनोनयन गर्नुभयो ।

अन्तरिम कार्यविधिअनुसार कार्यव्यवस्था परामर्श समितिमा सभामुख अध्यक्ष, उपसभामुख उपाध्यक्ष र कानुनमन्त्री पदेन सदस्य हुने व्यवस्था छ । यस्तै उपसभामुख थारूलाई आजै सभामुख घर्तीले पद तथा गोपनीयताको शपथ गराउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter