काबेली ‘बी–१’ अन्तिम चरणमा

hydropowerताप्लेजुङ, फागुन ६ गते । ताप्लेजुङ र पाँचथरको सिमानामा बग्ने काबेली खोलाबाट उत्पादन गर्न लागिएको काबेली ‘बी–१’ आयोजना अन्तिम चरणमा पुगेको छ । २५ मेगावाट क्षमताको काबेली ‘बी–१’ जलविद्युत् आयोजनाको करिब ९५ प्रतिशत काम सम्पन्न भएसँगै अन्तिम चरणमा पुगेको हो ।

आयोजना २०७२ मङ्सिरदेखि अरुण काबेली पावर लिमिटेड कम्पनीद्वारा निर्माण भइरहेको छ । यहीँ फागुन मसान्तभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित आयोजनाको कामलाई तीव्रता दिएसँगै हालसम्ममा उक्त प्रगति हासिल गरेको आयोजनाका जनसम्पर्क अधिकृत डिल्ली सुवेदीले जानकारी दिनुभयो ।

जनसम्पर्क अधिकृत सुवेदीका अनुसार आयोजना निर्माणको हालसम्म बाँध निर्माणको कार्य करिब ९६ प्रतिशत सम्पन्न भइसकेको छ । यस्तै पाइपलाइनमा पाँच हजार मिटरमध्ये चार हजार आठ सय मिटर जति पाइप बिछ्याउने कार्य सम्पन्न भएको र विद्युत्गृह निर्माणको कार्य पनि करिब सम्पन्न भइसकेको सुवेदीले जानकारी दिनुभयो । उहाँले हाल विद्युत्गृहमा मेसिन जडानको कार्य भइरहेको बताउनुभयो । बाँध निर्माण, पाइप बिछ्याउने कार्य, विद्युत्गृह लगायत आयोजनाको मुख्य काम करिब सम्पन्न भएको उहाँले बताउनुभयो ।

यस आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणले हाल निर्माण गरिरहेको काबेली कोरिडोर १३२ केभीए डबल सर्किट लाइनमा जडान गरिने छ । त्यसका लागि पाँचथरको हिलिहाङ–१ स्थित अमरपुरमा रहेको सब–स्टेसनसम्म ट्रान्समिसन लाइनको १६ मध्ये १० वटा टावर निर्माण गरिसकिएको आयोजनाले जनाएको छ । बाँकी कार्य भइरहेको र काबेली करिडोरको कार्य सम्पन्न भएमा आगामी वैशाखमा आयोजनाको परीक्षण गर्ने सोच रहेको जनसम्पर्क अधिकृत सुवेदीले बताउनुभयो ।

कुल चार अर्ब रुपियाँको लागतमा निर्माण गर्न लागिएको आयोजनाका लागि कम्पनीको स्वमित्वसहित संस्थापक सेयरधनीको ७० प्रतिशत, स्थानीय तथा परियोजना प्रभावित क्षेत्रका जनताको १० प्रतिशत र सर्वसाधारण लगानीकर्ताको २० प्रतिशत लगानी रहेको छ ।

सुवेदीका अनुसार संस्थागत सेयरवालामा नबिल बैङ्क लिमिटेड, लक्ष्मी बैङ्क लिमिटेड, ग्लोबल आईएमई बैङ्क लिमिटेड,  एभरेस्ट बैङ्क लिमिटेड र जलविद्युत् विकास तथा लगानी कम्पनी रहेका छन् । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका वडा नं. १, थुम्बेदिन र पाँचथरको याङ्वरक गाउँपालिका वडा नं. ४, थर्पू पुछार त्रिवेणी दोभानमा आयोजनाको मुहान अर्थात बाँधस्थल र पाँच हजार एक सय मिटर (५.१ किमी) टाढा पाँचथरको याङ्वरक–६, नागीको पिपलबोटेमा पावरहाउस (विद्युत्गृह) रहेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter