विद्यालयमा स्थानीयस्तरबाटै प्राविधिक शिक्षा दिनुपर्छः राष्ट्रपति

President Visitउदयपुर, फागुन ८ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध र आधुनिक विकसित नेपाल बनाउनका लागि विद्यालय शिक्षाको विकासलाई जोड दिनुपर्ने बताउनुभएको छ ।

कटारी बजारस्थित त्रिवेणी मावि स्थापनाको ५० आँै वर्ष पुगेका अवसरमा आयोजना गरिएको स्वर्ण महोत्सवको समापनका अवसरमा राष्ट्रपति भण्डारीले दक्ष जनशक्तिबाट मात्र कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र उद्योग क्षेत्रमा तीव्र गतिमा विकास हुन सक्ने बताउनुभयो ।

विद्यालयमा स्थानीयस्तरबाटै प्राविधिक शिक्षा दिन सकेमा आगामी दिनमा नेपालबाट प्राविधिक शिक्षाका लागि अध्ययन गर्न जाने ठूलो जनशक्ति नियन्त्रण हुने उहाँले औँल्याउनुभयो ।

कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले त्रिवेणी माविलाई प्रदेशकै नमूना विद्यालय बनाउन आजैदेखि पहल गर्ने घोषणा गर्नुभयो । वरिष्ठ अधिवक्ता शम्भु थापा, विद्यालयका पूर्वसंस्थापक बलबहादुर राउत र स्वर्ण महोत्सव समितिका सदस्य सचिव तथा विद्यालयका प्राचार्य बालकृष्ण कार्कीले पनि मन्तव्य दिनुभएको थियो । सो अवसरमा विद्यालयको स्मारिकाको विमोचन पनि गरिएको थियो । स्वर्ण महोत्सव यही फागुन १ गते शुरु भई आज समापन भएको हो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter