हुम्ला र डोल्पामा हवाई एम्बुलेन्सको व्यवस्था गर्ने- मन्त्री रावल

Jufal Airportसुर्खेत फागुन ८ गते । प्रदेश नं ६ का सामाजिक विकासमन्त्री दलबहादुर रावलले यातायात नपुगेका जिल्लामा हवाई एम्बुलेन्सको व्यवस्था गर्ने बताउनुभएको छ ।

यातायातले नछोएका कर्णालीका हुम्ला र डोल्पाका नागरिकलाई यातायातका कारण उपचारमा समस्या आउने गरेको छ, आज मन्त्रालयमा पत्रकारसँग कुराकानी गर्दै उहाँले भन्नुभयो– “त्यस क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा पु¥याउनका लागि हवाई एम्बुलेन्सको व्यवस्था गरिनेछ ।”

मन्त्री रावलले दुर्गमका नागरिकले अब उपचारको अभावमा ज्यान गुमाउन नपर्ने बताउँदै उनीहरुका लागि हवाई एम्बुलेन्सको व्यवस्था गरिने धारणा व्यक्त गर्नुभयो ।

स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई सहज स्वास्थ्य सेवा पु¥याउनका लागि मन्त्रालयले कार्ययोजना निर्माण गरेर अगाडि बढ्ने बताउँदै उहाँले प्रदेश नं ६ का नागरिकले सहजरुपमा स्वास्थ्य सेवा पाउन थप सहयोगका लागि आफूले केन्द्रीय सरकारसँग पहल गर्ने जानकारी दिनुभयो ।

मन्त्री रावलले नेपाल सरकारले निःशुल्क रुपमा दिँदै आएको औषधि पनि दुर्गमका नागरिकले नपाएकोमा दुःख व्यक्त गर्दै प्रदेश सरकारले यहाँका नागरिकका लागि अब पर्याप्त मात्रामा औषधि उपलब्ध गराउन पहल गर्ने बताउनुभयो ।

दुर्गमका अस्पतालमा भएका उपकरण पनि प्रयोगविहीन अवस्थामा रहेको छ, त्यसैले अब अत्याधुनिक प्रविधिका उपकरण उपलब्ध गराउन आफू लागिपर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter