संग्रहालयमा एक सय वर्ष पुराना तस्वीर

magar museumचितवन, फागुन ९ गते । चितवनको सौराहामा रहेको थारु सांस्कृतिक संग्रहालय तथा अनुसन्धान केन्द्रमा एक सयवर्ष पुराना फोटो संग्रह गरिएको छ ।

संग्रहायलका संरक्षण वासुदेव चौधरीका अनुसार औलो रोग उन्मूलन अघिका तस्वीर संग्रह गरिएका छन् । सो समयमा चितवन झरेका समुदायका तस्वीरसमेत यहाँ रहेका छन् । थारुका रहनसहन र हस्तकलाका तस्वीर पनि ल्याइएको छ ।

दीर्घमान फाउण्डेसनका किरण चित्रकार र अष्ट्रेलियन विश्वविद्यालय, अमेरिकाको विश्वविद्यालय र युएसएडमार्फत तस्वीर उपलव्ध भएका हुन् ।
फोटो ल्याउनका लागि नेपाल पर्यटन बोर्डले सहयोग गरेको संग्रहालयका अध्यक्ष वीरेन्द्र चौधरीले जानकारी दिनुभयो । केही किनेर र केही निःशुल्कमा तस्वीर ल्याइएको हो ।

अन्य तस्वीर निःशुल्क रुपमा फोटो खिच्न नपाउने गरी प्रदर्शनका लागि मात्रै दिइएको चौधरीले जानकारी दिनुभयो । यहाँ करिब १०६ वर्ष अघिसम्मका तस्वीर रहेका छन् । उहाँका अनुसार यहाँ अहिले ४८ वटा तस्वीर ल्याएर राखिएको छ । अझै यस्ता ऐतिहासिक चिज संग्रहालयमा ल्याइने उहाँले बताउनुभयो ।

एक सयवर्षअघि थारु समुदायले जंगलबाट नियन्त्रणमा लिएर हात्ती पाल्थे । त्यही हात्तीमा चढेर राणा तथा राजाहरुले शिकार गर्थे । चितवनको रत्ननगरस्थित सौराहामा रहेको उक्त संग्रहालयमा थारु जातीको रहनसहन, वेषभूषा, मौलिक क्रियाकलाप, औजार प्रतिमा र तस्वीर बनाएर राखिएको छ । यहाँ पर्यटक शुल्क तिरेर अवलोकन गर्न आउछन् । यहाँको आदिवासी समुदाय थारुको पहिचान नहराओस् भनेर २०६२ सालमा संग्रहालय खोलिएको हो । यहाँ वार्षिक १२ देखि १५ हजारसम्म पर्यटक आउने गरेका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter