औद्योगिक पार्कका लागि जग्गा अधिग्रहण

Ratnaparkविष्णुप्रसाद पोखरेल / दमक, फागुन ११ गते । झापाको दमकमा बन्न लागेको ‘क्लिन इन्डस्ट्रियल पार्क’का लागि आवश्यक चार किल्लामा पर्ने जमिन अधिग्रहण सुरु भएको छ । करिब दुई हजार एक सय बिघा जमिनमा बन्न लागेको पार्कका लागि ९४२ बिघा जमिन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा आइसकेको र यसको चार किल्लामा पर्ने ३६६ बिघा जमिन अधिग्रहणको प्रक्रिया सुरु गरिएको हो ।

दुई हजार एक सय बिघा पु¥याउन बाँकी रहेको जमिन गौरादह र कमल गाउँपालिकाको खोला उकास जमिन समेत व्यवस्था गर्नका लागि स्थानीय तहले सक्रिय रूपमा काम गरेका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठका अनुसार जग्गा प्राप्ति ऐन २०३४ को दफा ९,१० र ११ बमोजिम अधिग्रहण प्रक्रिया अघि बढेको छ । रतुवा खोलाको उकास जमिन (रमा वन) यसभन्दा अगाडि नै नगरपालिकाको पहलमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा आइसकेको छ ।

गत फागुन ६ गते जिल्ला प्रशासन कार्यालय झापामा भएको बैठकले चार किल्लामा पर्ने जमिन अधिग्रहणका लागि सार्वजनिक सूचना जारी गर्ने निर्णयअनुसार काम अघि बढिरहेको हो । केही दिनभित्रमा नै दमकमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले सम्पर्क कार्यालयसमेत खोलेर काम अघि बढाउने सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो । जग्गा प्राप्ति भइसकेपछि विस्तृत रूपमा परियोजना विवरण बनाइने पनि उहाँको भनाइ रहेको छ । audhogik

चीन सरकारको करिब तीन सय अर्ब रुपियाँको लगानीमा औद्योगिक पार्क बन्ने र यसका लागि जग्गाको व्यवस्थापन एवं सहजीकरण गर्ने काममा आफूहरू लागिरहेको औद्योगिक पार्क व्यवस्थापन समितिका अध्यक्ष गोविन्द थापाले बताउनुभयो । औद्योगिक पार्क हेर्ने चीनको उच्चस्तरीय टोलीसमेत आएर निरिक्षण गरेकाले काम सुरु गर्न आतुर रहेको उहाँको भनाइ छ ।

दमक नगरपालिकाले औद्योगिक क्षेत्रमा विदेशी लगानी आकर्षित गर्नका लागि कम्तीमा १० वर्षसम्म यहाँ स्थापना भएका कुनै उद्योग एवं कलकारखानालाई कर नलिने नगरसभाबाट निर्णय गरिसकेको छ । नगरपालिकाका प्रमुख रोमनाथ ओलीले स्थानीय सरकारले गर्नुपर्ने काम र सहयोग गर्न आफूहरू तयार रहेको लगानीकर्तालाई जानकारी गराइएको बताउनुभयो ।

औद्योगिक पार्क जाने सडकको स्तरोन्नतिसहित पिच गर्ने, खोला तटबन्धन गर्ने, जग्गा व्यवस्थापनका लागि सहयोग गर्ने, आवश्यक पुल तथा कल्भर्ट निर्माण गर्ने काम पनि तीव्र रूपमा भइरहेको नगरप्रमुख ओलीले जानकारी दिनुभयो । औद्योगिक पार्क जाने सडक निर्माणको काम केही महिनाभित्र नै कालोपत्रे भइसक्ने ओलीले बताउनुभयो । दमक वडा नं. १० का वडाध्यक्ष बोधराज न्यौपानेका अनुसार यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा विजय भएर प्रधानमन्त्री बन्नुभएका केपी शर्मा ओलीले यस पार्कलाई महìव दिनु भएकाले अब काम तीव्र रूपमा हुने विश्वास पलाएको छ । जग्गा व्यवस्थापनमा कुनै समस्या हुन नदिन र आवश्यक सहयोग गर्न स्थानीयस्तरमा समेत समिति बनाएर आफूहरू लागेको उहाँले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter