आर्थिक सर्वेक्षण अगामी वैशाख १ देखि शुरु हुने

Central Bureau of Statisticsकाठमाडौँ, फागुन ११ गते । राष्ट्रिय आर्थिक सर्वेक्षण अगामी वैशाख १ गतेदेखि शुरु हुने भएको छ ।

केन्द्रीय तथ्याङ्क विभागले सञ्चालन गर्ने सो सर्वेक्षणको मुख्य ध्येय केन्द्र, प्रदेश तथा स्थानीय तहको विकास योजना तर्जुमा तथा नीति तयार गर्न आवश्यक पर्ने तथ्याङ्क संकलन गर्नुरहेको छ । यसका लागि विभागले ७७ जिल्लामा आर्थिक गणना कार्यालय स्थापना गर्ने जनाएको छ ।

यसैबीच गुणस्तरीय आर्थिक तथ्याङ्क उत्पादनका लागि मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम आजदेखि यहाँ शुरु गरिएको छ । एकहप्ते सो प्रशिक्षणमा आर्थिक गणनाका प्राविधिक तथा प्रशासनिक पक्षका बारेमा जानकारी गराउने कार्यक्रम रहेको विभागले जनाएको छ ।

आर्थिक गणनामा नेपालमा अवस्थित व्यावसायिक आर्थिक एकाइको ठेगाना, मुख्य क्रियाकलाप, रोजगारी, पूँजी लगानी, ऋण पहुँचलगायतका विवरण संकलन गरिने विभागका महानिर्देशक सुमनराज अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार गणना कागजी फारामका साथै अनलाइनका माध्यमबाट उत्तरदाताले आफ्नो व्यवसायको विवरण आफैँ भर्न सक्ने छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter