राजधानी भएसँगै ट्राफिक व्यवस्थापनमा समस्या

Traffic Policeकैलाली, फागुन ११ गते । प्रदेश नं ७ को अस्थायी मुकाम धनगढी भएसँगै यहाँ सवारी साधनको चाप अत्यधिक बढ्दै गएको छ ।

धनगढी मुख्य बजार नजिकै प्रदेशस्तरीय संरचनाअनुसार विभिन्न मन्त्रालय सस्थापना गरिएपछि यहाँ दिनप्रतिदिन भीड बढ्दै गएको हो । साना ठूला गरी दैनिक १० हजारभन्दा बढी सवारी साधन गुड्ने धनगढी बजार क्षेत्रमा अहिले ट्राफिक समस्या बढ्दै गएको छ ।

सवारी साधनको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको तर सडकको संरचनामा भने कुनै फेदबदल नै नभएकाले ट्राफिक व्यवस्थापनमा समस्या देखिएको जिल्ला प्रहरी ट्राफिक कार्यालयका प्रमुख दीपक पातलीले बताए । उनले सवारी साधनको चापका कारण सडक साँघुरो हुँदै गएको र सडक तथा फुटपाथमा ठेलागाडी र पार्किङले मिचेकाले सडकको अतिक्रमण बढेको बताए ।

बजारमा पैदल यात्रु, फुटपाथ, ट्राफिक संकेत नभएकाले पनि ट्राफिक व्यवस्थापनमा समस्या आई दैनिक सवारी जामको स्थिति सिर्जना हुन थालेको छ । यातायात व्यवस्था कार्यालयको तथ्यांकअनुसार सेती अञ्चलमा मोटरसाइकल र स्कुटरको संख्या ७० हजार पुगेको छ भने कार, जिप र भ्यान पाँच हजार ९०० पुगेको छ । त्यसैगरी बस, ट्रक दुई हजार ७००, टेम्पु, अटो रिक्सा दुई हजार ६०० र ट्र्याक्टर ११ हजार ४०० दर्ता भएका छन् ।

अव्यवस्थित रुपमा सञ्चालनमा आएका इ–रिक्साले पनि ट्राफिक व्यवस्थापनमा झनै समस्या थपिएको स्थानीयवासीले बताएका छन् । स्थानीय सरकार निर्माण भएको नौ महिना बितिसक्दा पनि ट्राफिक व्यवस्थापनका लागि कुनै पहल नचालिएको धनगढी उपमहानगरपालिका–२ का चेतराज पाण्डेयले गुनासो गरे । कुनै इजाजत बिना सञ्चालनमा आएका नयाँ सवारी साधनले समस्या निम्त्याएको छ उहाँले भन्नुभयो, “यसका लागि सवारी साधनको इजाजत प्राप्त हुन अति आवश्यक छ ।”

जिल्ला ट्राफिक कार्यालयले बजारको ट्राफिक व्यवस्थापनका लागि कुनै नयाँ योजना बनाएको छैन भने बजारमा जथाभावी गरिने पार्किङ व्यवस्थापनका लागि पनि योजना छैनन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter