शिक्षालाई रोजगारमूलक बनाउनु आवश्यक- अध्यक्ष दाहाल

Prachandaचितवन, फागुन १२ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अबको शिक्षालाई रोजगारमूलक, उत्पादनमूलक र समुदायको हितसँग जोड्ने खालको बनाउनुपर्ने बताउनुभएको छ ।

दाहालले अध्ययन गरेको नारायणी विद्यामन्दिर माध्यमिक विद्यालय, शिवनगरको ५४औँ वार्षिकोत्सव कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले अहिलेको शिक्षा बेरोजगार उत्पादन गर्ने शिक्षा भएको बताउनुभयो ।

नेपालको शिक्षा नीतिका कारण बेरोजगारी बढेको बताउँदै उहाँले यसलाई परिवर्तन गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “एमए पढेका, डिग्री हासिल गरेका हजारौँ हजार युवा विदेशिने क्रम जारी छ । विदेशमा गएर अपमानजनक तरिकाले पनि आर्थिक लाभ लिनुपर्ने अवस्था नेपालीमा रहेको छ । हाम्रो शिक्षा नीति कता–कता बेरोजगार उत्पादन गर्ने जस्तो देखिएको छ ।”

शिक्षा नीतिमा सुधार गरी राज्यको लगानी बढाउनु पर्ने बताउँदै उहाँले शिक्षालाई आविष्कार, अनुसन्धान गर्ने एक बृहत् प्रक्रियाका रुपमा अघि नबढाई मुलुकलाई समृद्धितर्फ लान नसकिने बताउनुभयो । उहाँले भन्नुभयो, “आविष्कार गर्ने तरिकाले शिक्षालाई अगाडि लैजानु आवश्यक छ, तर शिक्षामा लगानी बढ्दो होइन, घट्दो क्रममा रहेको छ ।”

पछिल्लो समयमा शिक्षा क्षेत्रमा निजीकरणको दबदबा बढ्दै गएको बताउँदै उहाँले सामुदायिक विद्यालयको शैक्षिक अवस्था खस्कँदो रहेको बताउनुभयो । शिक्षा क्षेत्रमा गुणात्मक सुधार आवश्यक रहेको भन्दै उहाँले अहिलेको जस्तो सामान्य मात्रात्मक सुधारले शिक्षा क्षेत्रलाई नहुने बताउनुभयो ।

उहाँले उक्त विद्यालयमा प्राविधिक शिक्षाको अध्ययन गराउनका लागि आफूले मन्त्रिपरिषद्बाटै निर्णय गर्न लगाउने पनि बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुणराज पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोख्रेल, प्रदेशसभा सदस्यहरु कृष्ण भुर्तेल, रामलाल महतो, भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल, उपप्रमुख पार्वती शाह ठकुरीलगायतले बोल्नुभएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter