बलेवा विमानस्थल चैत दोस्रो सातादेखि सञ्चालनमा आउँदै

Jufal Airportबागलुङ, फागुन १३ गते । बन्द भएको २६ वर्षपछि बागलुङ नगरपालिका–१४ स्थित बलेवा विमानस्थल सञ्चालनको तयारीमा छ । आउँदो चैत दोस्रो साताभित्र उडान शुरु गर्ने गरी विमानस्थलको प्राविधिक र व्यवस्थापकीय कामलाई तीव्र पारिएको छ ।

नागरिक उड्डयन प्राधिकरणले गरेको प्राविधिक अध्ययन प्रतिवदेनको सुझाव अनुसार काम भइरहेको हो । सोमबार प्राधिकरणको प्राविधिक टोली आवश्यक यन्त्र, उपकरण जडानका लागि आइपुग्ने बागलुङ नगरपालिकाले जनाएको छ ।

आउँदो सातासम्म विमानस्थल सञ्चालनको अन्तिम सम्झौता हुने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो । यसअघि गत पुसमा प्राधिकरण, विमान कम्पनी र बागलुङ नगरपालिकाबीच चैतमा नियमित उडान शुरु गर्ने सहमति भएको थियो । सोही सहमतिपछि नागरिक उड्डयन प्राधिकरणले विमानस्थल सञ्चालनको आवश्यक तयारी अघि बढाएको थियो । प्राधिकरणका प्रबन्धक इन्दुराज अधिकारी र इञ्जिनियरद्वय ताराकान्त शाह र मीनराज ओझाको टोलीले विमानस्थलको प्राविधिक अध्ययन गरेको थियो ।

प्राविधिक टोलीले दिएको सुझावअनुसार मर्मत, सुधार र पूर्वाधार तयारीको काम अन्तिम चरणमा पुगेको प्रमुख पौडेलको भनाइ छ । “लक्ष्यित समयमै विमानस्थल चल्छ,” प्रमुख पौडेलले भन्नुभयो – “आउँदो सातासम्म विमानस्थल सञ्चालनको अन्तिम सम्झौता गर्दैछौं ।” उहाँकाअनुसार उडानलाई सहज बनाउन विमानस्थलको दक्षिण पूर्वमा रहेका सल्लाका रुख हटाउने काम भइरहेको छ । यस्तै, व्यवस्थित तारबार र सुरक्षा प्रबन्धको काम पनि भइरहेको जनाइएको छ ।

विमानस्थलको मर्मतसम्भार, उपकरण र कर्मचारी व्यवस्थापनको जिम्मा भने प्राधिकरणले लिएको छ । विमानस्थलसम्म पुग्ने सडकको स्तरवृद्धिलगायत अन्य पूर्वाधार निर्माणको काम भइरहेको नगरपालिकाले जनाएको छ । यात्रुको सुनिश्चितता र विमान कम्पनीको व्यवसाय प्रवद्र्धनमा समेत नगरपालिकाले पहल गर्ने यसअघि भएको सहमतिमा उल्लेख छ । बागलुङ सदरमुकामदेखि ८ किलोमिटरको दुरीमा रहेको विमानस्थलसम्म पुग्न तत्काललाई कालीगण्डकी करिडोरको कच्ची मार्ग प्रयोग गर्नुपर्ने बाध्यता छ ।

विसं २०२२ मा निर्माण भएको विमानस्थल बागलुङ–पोखरा सडक मार्ग बनेपछि २०४८ सालमा आएर बन्द भएको थियो । बन्द विमानस्थल सञ्चालनमा ल्याउन पटकपटक पहल गरिए पनि त्यसले सार्थकता पाउन सकेको थिएन । सरकारीस्तरबाट विमानस्थल सञ्चालनमा ल्याउने आश्वासन आउने गरेपनि त्यो आश्वासनमै सीमित हुने गरेको थियो । पछिल्लो सहमतिपछि भने विमानस्थल चल्नेमा स्थानीयवासी ढुक्क छन् ।

धवलागिरि क्षेत्रको पर्यटनलगायत समग्र विकासका लागि बलेवा विमानस्थलले महत्वपूर्ण टेवा पु¥याउने ठानिएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter